1 year ago
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद )- रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको दोश्रो दिन आइतवार दुई खेलमा भारतको लाईफ केयर क्रिकेट क्लब र बंगलादेशको साइक क्रिकेटर्स विजयी भएका छन्।
पहिलो खेलमा भारतको लाईफ केयरले लगातार दोश्रो जित निकाल्ने क्रममा स्थानीय टोली नेक्सस रुपन्देही एघारलाई ७ विकेटले पराजित गर्यो।
१ सय ३४ रनको लक्ष्य लाइफ केयरले मात्र ३ विकेट क्षेतिमा ३.३ ओभर बाँकी रहँदै भेटायो। लाईफ केयरको जितमा ओपनर दिपक पुनियाले सर्वाधिक ६० रन बनाए । उनले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
प्लेयर अफ द म्याच घोषित भएका पुनियाले अघिल्लो खेलमा पनि अर्धशतक बनाएका थिए। राजेश शर्माले अविजित ३७ रन तथा विपुल कम्बोजले ३२ रन बनाए।
नेक्सस रुपन्देहीका शाहब आलमले २ तथा बसिर अहमदएले १ विकेट लिए।
त्यस अघि टस हारेर ब्याटिङ गरेको नेक्सस रुपन्देहीले २० ओभरमा ६ विकेट गुमेर १ सय ३३ रन बनायो।
ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४८ रन बनाए । उनले ४३ बलमा ५ चौका प्रहार गरे।
सुमित महर्जन र बसिर अहमदले समान २८ रन बनाए। अघिल्लो खेलमा अर्धशतक बनाएका शंकर रानाले २ रन मात्र बनाउन सके।
लाईफ केयरको बलिङमा योगेश कुमारले सर्वाधिक ३ विकेट लिए । शुभम लाम्बा, हिमांशु र विपुल कम्बोजले समान १ विकेट लिए।

दोश्रो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई ४२ रनले हराउँदै विजयी सुरुवात गर्यो। पाकिस्तानी टिमको यो लगातार दोश्रो हार हो।
१ सय ४८ रनको लक्ष्य पछ्याएको जावेद गोहरले १८.२ ओभरमा १ सय ५ रनमा सबै विकेट गुमायो।
ओपनर अलि हुसेनले सर्वाधिक ३४ रन बनाए। जईम खानले १९ तथा शमुन इक्बालले १८ रन बनाए। पाकिस्तानी पूर्व राष्ट्रिय क्रिकेटर इमरान नाजिरले भने १ रन मात्र बनाउन सके।
साइक क्रिकेटर्सका लागि शहादत सोम्रतले सर्वाधिक ३ , रकिब र मुलेरले समान २ तथा शाहबाज र एकेएसले समान विकेट लिए।
यस अघि टस हारेर ब्याटिङ गरेको साइक क्रिकेटर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।
साइकको लागि ओपनर मुलेरले सर्वाधिक ४६ रन बनाए। उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। मुनिम शाहरियरले २७, सौरबले २५ तथा रानाले १७ रन बनाए।
जावेद घर एकेडेमीको बलिङमा रिशभ जोशीले सर्वाधिक ३ , कप्तान इमरान नाजिर र अब्बास अलिले समान २ विकेट लिए।
प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन्। पहिलो खेल श्रीलंका स्टेट सर्भिस क्रिकेट एसोसिएसन र बंगलादेशको साइक क्रिकेटर्स बीच हुने छ। दोस्रो खेल नेपालको नेक्सस रुपन्देही ११ र पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी बीच हुनेछ।
नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश र नेपालसहित ५ देशका क्लबको सहभागिता छ। प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा भइरहेको छ।
स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेताले ५ लाख, दोश्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
म्यान अफ द सिरिजले ३५ हजार, वेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]