default_image

1 year ago

October 20, 2024

नेदरल्याण्ड्सका लिडे पोखराबाट खेल्ने

1475 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा भित्र्याएको छ ।

पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा लिडेलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौसलाई टोलीमा भित्राएको थियो ।

लिडेले नेदरल्यान्ड्सका लागि ३८ टि ट्वान्टी आईमा र ४३ ओडिआईमा १ हजार ६ सय ७३ रन तथा ७६ विकेट लिएका छन् ।

एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । लिडे एनपिएलमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखराले गौस तथा विराटनगर किंग्सले ओमानका कप्तान अकिब ईल्यासलाई टोलीमा भित्राएका थिए ।

असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा पोखरा लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए । २४ वर्षिय लिडेले खुसी व्यक्त गर्दै भिडियो सन्देशमार्फत नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् । पोखराको मार्की खेलाडीमा राष्ट्रिय टोलीका कुशल भुर्तेल छन्।

लिडेलाई इंङ्ग्ल्यान्डको द हन्ड्रेड तथा काउन्टि तथा इन्टरनेशनल लिग टि ट्वान्टी लिग खेलेको अनुभव छ । लिडेले ओडिआईमा एकै खेलमा ५ विकेट लिनुका साथै शतक समेत बनाएका छन् ।

पोखरा एभेन्जर्स टिम

कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस र बास डि लिडे।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.