default_image

1 year ago

October 22, 2024

लुम्बिनी लायन्सले क्रिकेट प्रतिभा खोज्ने

896 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपीएल) टोली फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले क्रिकेटमा‌ ट्यालेन्ट हन्ट गर्ने भएको छ।

घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप ४ नयाँ प्रतिभाको खोजी गर्न लागिएको लुम्बिनी लायन्सले जनाएको छ।

लुम्बिनीका छनोट भएका ४ खेलाडीबाट एक जनालाई‌ ‘सुपरस्टार’ को उपाधि दिइनेछ। सुपरस्टारले टोलीका लागि एनपिएल खेल्नेछन् भने १ लाख रुपैयाँ पनि‌ प्राप्त गर्नेछन्।

बाँकी ३ खेलाडीले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन् र उनीहरुलाई टोलीको प्रशिक्षणहरुमा सामेल गराइने लुम्बिनीले जनाएको छ।

लुम्बिनी लायन्सका मालिक इश्वर जिसिले भने, ‘यो अभियान अन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान खेलाडी खोज्न कोसिस गर्नेछौं ।’

ट्यालेन्ट हन्टमा समावेश हुन चाहनेले आवेदन दिनु पर्ने र त्यसका लागि लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको लिंकबाट आवेदन दिन सकिने बताइएको छ।

कोचिङ प्यानलले सबै सहभागीले पठाएका भिडियोको मुल्याङ्कनबाट आधारमा ट्रायलमा लागि खेलाडी छनोट गरिने लुम्बिनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको‌ छ। कात्तिक १८ गतेसम्म आवेदन बुझाइसक्नुपर्ने लुम्बिनीले जनाएको छ।

लुम्बिनीको‌ मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल हुन्। नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १६ गते एनपिएल सुरु हुनेछ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.