47 minutes ago
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्।
काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ।
लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो।
काठमाडौंले अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिँदा लुम्बिनीले १ खेलाडी परिवर्तन गरेको छ। सुमित महर्जनको ठाउँमा दिनेश अधिकारीले मौका पाएका छन्।
लिग चरणमा काठमाडौं तेस्रो र लुम्बिनी चौथो हुँदै प्ले अफमा पुगेका थिए। आजको खेल जित्ने टोली भोलि विराटनगर किङ्ससँग क्वालिफायर टु खेल्नु पर्नेछ।

December 9, 2025
एजेन्सी – भारतले पहिलो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई १ सय १ रनले हराउँदै सानदार जित निकालेको छ। कटकमा भएको खेलमा दक्षिण अफ्रिका मात्र १२. ३ ओभरमा ७४ रनमा अल आउट भएको थियो। टि ट्वान्टी आई इतिहासमा दक्षिण अफ्रिकाको यो सबैभन्दा कम स्कोर हो । पहिला ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै १ सय ७५ […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]