1 year ago
October 23, 2024
एजेन्सी – स्पेनिस टोली रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा मंगलबार जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ ।
तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा रियलले ५-२ जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गर्दा एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले समान १ गोल थपे । डर्टमन्डका लागि डोनिल मलेन र जिमी जिटेन्सले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । ३०औं मिनेटमा मलेनले गोल गरे । त्यसको ४ मिनेट मिनेटपछि नै जिटेन्सले डर्टमन्डको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २-० ले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । ६०औं मिनेटमा रियलका रुडिगरले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
दुई मिनेटपछि नै भिनिसियसले गोल गर्दा रियल २-२ को बराबरीमा आयो । ८३औं मिनेटमा भास्क्वेजले रियलका लागि तेस्रो गोल गरे ।
भिनिसियसले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियाल ४-२ ले अगाडि बढ्यो । इन्ज्युरी समयमा भिनिसियसले ह्याट्रिक पूरा गर्दै रियाललाई ५-२ को जित दिलाए ।
३ खेलमा ६ अंक जोडेको रियल नवौं स्थानमा छ । डर्टमन्ड समान खेलबाट ६ अंकका साथ पाचौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]