1 year ago
October 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्यान्ड्सका क्रिकेटर माइकल लेभिटले काठमाडौं गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा माथिल्लो क्रमका विष्फोटक ब्याटर लेभिटलाई टोलीमा अनुबन्ध गरेको बुधबार सामाजिक संजालमार्फत जनाएको छ ।
२१ वर्षिय लेभिटले हालसम्म नेदरल्यान्ड्सका लागि ८ ओडिआई तथा १७ टि ट्वान्टी आई खेलेका छन् । टियु मैदानमा नेपालविरुद्ध टि ट्वान्टी आई डेब्यु गरेका लेभिटले १ शतकको सहयोगमा ५ सय ५० रन बनाएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेको काठमाडौंमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । लेभिट एनपिएलमा अनुबन्ध हुने आठौं विदेशी खेलाडी हुन् ।
यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप, कर्णाली याक्सले पाकिस्तानका हुसेन तलात, सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन, लुम्बिनी लायन्सले इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टोम मोरिस तथा विराटनगर किंग्सले ओमानका कप्तान अकिब इल्यासलाई टोलीमा भित्र्याएका थिए । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा काठमाडौं लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।
काठमाडौं गुखार्जको टिम :
करण केसी, दिपेश कडेल, सुमित महर्जन, साहव आलम, शंकर राना, भीम सार्की, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, राशिद खान, कृष्ण कार्की र माईकल लेभिट
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]