1 year ago
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्याण्डका क्रिकेटर जिमी निशमले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
जनकपुरले पहिलो विदेशी खेलाडीको रुपमा विष्फोटक अलराउन्डर निशमलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ ।
३४ वर्षिय निशमले हालसम्म न्युजिल्याण्डका लागि ७९ टि ट्वान्टी आई खेलेका छन् । ७९ टि ट्वान्टी आई खेलमा निशमले ९ सय ४४ रन तथा ३९ विकेट लिएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरले पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । निशम एनपिएलमा अनुबन्ध हुने नवौं विदेशी खेलाडी हुन् ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडीयस प्रकार रहेका छन् :
पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप,
कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात
सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन
लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टोम मुर्स
काठमाडौंले नेदरल्यान्ड्स : ब्याटर माइकल लेभिट
विराटनगर किंग्स : ओमानका कप्तान अकिब इल्यास
असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा जनकपुर लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।
जनकपुर बोल्ट्सको टोली
आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी र जिमी निशम
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]