1 year ago
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लांग पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजमा अनुबन्ध भएका छन् ।
चितवनले पहिलो विदेशी खेलाडीको रुपमा तीव्र गतिका बलर मार्चेन्टलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ ।
३४ वर्षिय मार्चेन्टले हालसम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट २ टेस्ट, ४ ओडिआई तथा ६ टि ट्वान्टी आई खेलेका छन् । मार्चेन्टले १ सय ५१ टि ट्वान्टी खेलमा १ सय ६६ विकेट लिएका छन् ।
टोलीको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन्।
एनपिएलमा ८ टिमको सहभागिता रहेको छ । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यसप्रकार रहेका छन् :
पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप
कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात
सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेब
लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स
काठमाडौं गुर्खाज : नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट
विराटनगर किंग्स : ओमानका कप्तान अकिब इल्यास
जनकपुर बोल्ट्स : न्युजिल्याण्डका अलराउण्डर जिमी निशम
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।
चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर र मार्चन्ट डे लांग
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]