default_image

1 year ago

October 25, 2024

स्पिनर चम्किदा एकैदिनमा १४ विकेट पतन

1882 views

0 Bookmark

एजेन्सी – स्पिनरहरु चम्किएको भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन १४ विकेट पतन भएको छ ।

भारतले पहिलो इनिङको ब्याटिङमा ९ तथा न्युजिल्याण्डले दोस्रो इनिङको ५ विकेट गरेर दिनमा १४ विकेट पतन भएको हो । १४ मध्ये १३ विकेट स्पिनरको नाममा रह्यो ।

न्युजिल्याण्डका स्पिनर मिचेल स्यान्टेनर एक्लै ७ विकेट लिदा भारत पहिलो इनिङमा सस्तैमा समेटियो । पहिलो इनिङमा भारत १ सय ५६ रन बनाउदै अल आउट भयो ।

भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८, ओपनर यशस्वी जैसवाल र शुभमन गिलले समान ३०, रिषभ पन्त र वासिंटन सुन्दरले समान १८ तथा सरफराज खानले ११ रन जोडे । न्युजिल्याण्डका लागि मिचेल स्यान्टेनरले १९.३ ओभरमा ५३ रन खर्चिएर ७ विकेट लिए । ग्लेन फिलिप्सले २ तथा टिम साउथीले १ विकेट लिए ।

पहिलो इनिङमा भारत १ सय ३ रनले पछि पर्यो । आजै दोस्रो इनिङको सुरुवात गरेको न्युजिल्याण्डले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको छ । उसका टम ब्लन्डेल र ग्लेन फिलिप्स क्रिजमा रहेका छन् । त्यसअघि कप्तान टम लाथमले सर्वाधिक ८६ तथा विल योंगले २३ रन जोडेका थिए ।

भारतका लागि वासिंटन सुन्दरले ४ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । दोस्रो दिनको खेल सकिदा न्युजिल्याण्डले ३ सय १ रनको अग्रता बनाएको छ । त्यसअघि भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो।

न्युजिल्याण्डका लागि डेभोन कन्वेले सर्वाधिक ७६, रचिन रविन्द्रले ६५, मिचेल स्यान्टेनरले ३३, विल योंग र ड्यारेल मिचेलले समान १८ तथा कप्तान टम लाथमले १५ रन जोडे । एक समय १ सय ९७ रनमा ३ विकेट गुमाएर बलियो स्थितीमा रहेको न्युजिल्याण्डले ६२ रन जोड्दा बाँकी ७ विकेट गुमायो ।

भारतका लागि सुन्दरले २३.१ ओभरमा ५९ रन खर्चिएर ७ विकेट लिए । रविचन्द्रन आश्विनले ३ विकेट लिए । न्युजिल्याण्डको पछिल्लो ७ विकेट सुन्दरले नै लिएका थिए ।

आजै पहिलो इनिङको सुरुवात गरेको भारतले पहिलो दिनको खेल सकिदा १ विकेट गुमाएर १६ रन जोडेको छ । क्रिजमा यशस्वी जैसवाल र शुभमन गिल रहेका छन् । त्यसअघि कप्तान रोहित शर्मा टिम साउथीबाट डग आउट भएका थिए ।

भारतविरुद्धको पहिलो टेस्ट न्युजिल्याण्डले जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.