default_image

5 months ago

October 27, 2024

लिग-२ : बिग्रेको विगतलाई बिर्सेर सुन्दर भविष्य बनाउन उत्कृष्ट प्रदर्शन आवश्यक

1830 views

0 Bookmark

डालस, अमेरिका (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ २०२४/२६ अन्तर्गत आइतबारदेखि नेपालको तेस्रो सिरिज अमेरिकामा सुरु हुँदैछ ।

अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुने त्रिकोणात्मक सिरिजमा नेपाल विगतका ८ खेलको प्रदर्शन भुलेर दमदार प्रदर्शन गर्न चाहन्छ ।

नेपालले गत फेब्रुअरीमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेलेको थियो । चार मध्य तीन खेलमा पराजित भएको थियो । एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । अघिल्लो महिना क्यानडामा भएको चार मध्य तीन खेलमा हार र एक खेलमा अंक बाँडेको थियो ।

लिग-२ को दोस्रो संस्करणमा नेपाल ८ खेलमा १ मा जित, १ खेल नतिजा विहीन र ६ खेलमा हारका साथ ३ अंक जोड्दै सातौं स्थानमाछ । युएई ७ खेलमा २ अंकका साथ पुछारमाछ । शीर्ष चार टोली सोझै २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

क्यानडा १२ खेलमा ८ मा जित र ४ मा हारसहित १६ अंकका साथ शीर्ष स्थानमाछ । अमेरिका ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ तेस्रो स्थानमाछ ।

साविक विजेता स्कटल्यान्ड ८ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । नामिबिया १२ खेलमा १० अंकका साथ पाचौं स्थानमा छ । ओमान ८ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

क्यानडासँग लिग २ को पहिलो खेलमा नेपाल २५४ रनको लक्ष्य पछ्याउनेक्रममा १ सय ५० रनमा अल आउट भएको थियो । दोस्रो खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओमानसँग २ सय २० रन बनाएपनि १ विकेटले हारेको थियो । एक खेल वर्षाको कारण ओमानसँग अंक बाँडेको थियो ।

लिग २ मा नेपालले हारेका सबै ६ खेलको मुख्य कारण खराब लय, अत्याधिक डट बल, आत्माविश्वासी सटको कमी, ब्याटरमा एकै किसिमका सट बढी हुनु, धैर्यता कमी र कन्डिसन अुनसरा खेल्न नसक्नु थिए ।

अमेरिका पनि नेपाललाई मुख्य चुनौती ब्याटिङमा हुनेछ । किनभने पछिल्लो एक वर्ष अधिकाम्स नेपालले टी-२० शैलीमा बढी बिताएको छ । यसै साता घरेलु टोली अमेरिकालाई तीन खेलको टी-२० आई सिरिजमा नेपालले क्लिनस्विप गरेको थियो ।

लिग-२ मा अमेरिका र स्कटल्यान्डसँग खेल्नुअघि उक्त क्लिनस्वीप मनोबललाई धेरै फाइदा पुग्नेछ । तर टी२० र ओडीआई फरक शैलीका खेल हुन् । ब्याटरले त्यसै अनुसार योजना बनाउन भने सक्नुपर्छ । नेपालको टी-२० र ओडीआईमा खासै परिवर्तन छैन । भीम सार्की बाहेक अन्य सबै टी२० सिरिज खेलेका खेलाडी नै छन् ।

देव खनाल ओडीआईट टोलीमा पर्न सक्ने अनुमान गरिएको थियो । तर कुशल भुर्तेलले टी२० आई सिरिजमा राम्रो गरेपछि उनलाई मौका दिन अर्जुन साउदलाई बाहिर हुनसक्ने सम्भावना थियो । तर नेपालले उनलाई ब्याकअप विकेटकिपरमा राखेको छ । कुशल भुर्तेलले दोस्रो टी२० खेलमा ९२ र तेस्रोमा ४० रनमा अविजित इनिङ खेलेका थिए ।

एकै टोली पछिल्लो २० महिनादेखि नेपालले खेलाउँदै आएको छ । टिम एकता, एकअर्का जानकार र आत्माविश्वासमा फाइदा हुनसक्छ । तर एउटै टोली हुँदा विपक्षीलाई नेपालविरुद्ध रणनीति बनाउन केही सहज भने हुनसक्छ ।

ओपनर अनिल साहले राम्रो सुरुवात गरेपनि ठूलो इनिङ खेल्न सकेका छैनन् । कप्तान रोहित पौडेल र भीम सार्कीको प्रदर्शन झनै महत्वपूर्ण हुनेछ ।

दीपेन्द्रसिंह ऐरीले टी२० आईमा सानदार प्रदर्शन गरेपनि ओडीआईमा खासै सम्झन लायक आकंडा छैन । उनले ५६ ओडीआईमा ९ सय ४ रन मात्रै बनाएका छन् । आरिफ शेख नेपालका ओडीआईका खम्बा हुन् । मध्यक्रममा उनले धान्नुपर्ने हुन्छ ।

नेपालले बलिङमा सोमपाल कामी, करण केसी र गुल्सन झालाई खेलाउनेछ । यी तीन खेलाडीको भूमिका तल्लोक्रममा ब्याटिङमा महत्वपूर्ण हुनेछ । स्पिनमा सन्दीप लामिछाने र ललित नारायण राजवंशी पहिलो रोजाईमा खेल्ने सम्भावना देखिन्छ ।

नेपालको लिग-२ मा उदेश्य शीर्षस्थानमा रहँदै अन्त्य गर्ने राखेकोछ । उक्त लक्ष्य पूरा गर्न नेपालले अमेरिकासँगै बाँकी २४ खेलमा राम्रो प्रदर्शन गर्नु बाहेक अन्य विकल्प देखिदैन । नेपालले लिग २ मा कुल ९ त्रिकोणात्मक सिरिज खेल्नेछ । अव ७ सिरिज खेल्न बाँकी छ । त्यसमध्य घरेलु मैदानमा २०२५ नोभेम्बरमा युएई र ओमान तथा २०२६ मा स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ ।

त्यसैले विश्वकप लिग-२ मा विदेशी भूमिमा नेपालले राम्रो गर्न बाहेक अन्य विकल्प नै छैन । किनभने नेपालले यसपछि २०२५ मे मा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग-२ मा नेपालले खेल्ने सबैभन्दा कठिन सिरिज मानिन्छ । २०२५ अक्टोबरमा अमेरिका र युएईसँग खेल्नेछ । २०२६ मा ओमानमा क्यानडासँग खेल्नेछ । नेदरल्यान्ड्समा गएर नामिबिया सम्मिलित सिरिज खेल्नुपर्ने हुन्छ । त्यसैले उत्कृष्ट प्रदर्शन बिना नेपाललाई शीर्ष चारमा पर्न धेरै मुश्किल देखिन्छ ।

गत जुनमा टी-२० विश्वकप देखि नै ग्राण्ड प्रेरीमा नेपाली समर्थकले राम्रो साथ दिएका छन् । टीयु क्रिकेट मैदानपछि सर्वाधिक नेपाली समर्थक आउने मैदान मान्न सकिन्छ । अर्कोतर्फ मैदान बारे नेपाल जानकार छ । मौसम पनि नेपाल अनुकुल छ । त्यसैले यस पटक नेपाली ब्याटरलाई खराब प्रदर्शनमा कन्डिसनलाई बाहना बनाउने ठाउँ छैन ।

स्कटल्यान्ड एसोसिएटको एक शीर्ष टोली हो । स्कटल्यान्डका अधिकाम्स खेलाडी इंग्ल्यान्डको चर्चित काउन्टी खेलबाट निखारिएका छन् । अर्कोतर्फ स्कटल्यान्डले लगातार ठूला टेस्ट टोलीसँग सिरिज खेल्दै आएकोछ ।

अष्ट्रेलियासँग ३ टी२० आई सिरिज खेलेको थियो । निरन्तर काउन्टी खेल्नु, ठूला टोलीविरुद्ध सिरिज, विश्वभरका लिगहरु, अनुभवी खेलाडी र उनीहरुको कन्डिसन मिल्दो हुँदा स्कटल्यान्डलाई हराउन सामान्य प्रदर्शन पर्याप्त देखिदैन ।

यस सिरिजमा अमेरिकालाई स्कटल्यान्डले १० विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको छ । प्रमुख ब्याटर जर्ज मुन्शेको स्थानमा आएका एन्ड्रयु उमिदले अमेरिकासँग ९८ रनको इनिङ खेलेका थिए । ब्रेन्डन म्याकमलन, रिची बेरिंग्टन, माइकल जोन्स, म्याथ्यु क्रस र माइकल लिस्क जस्ता खेलाडी टोलीमा छन् ।

तीव्र गतिका बलरमा ब्राड कुरी, ब्रान्डन म्याकमुलेन, क्रिस सोल र ब्राड ह्वील छन् । क्रिस सोल प्रतिघण्टा १५० किलोमिटर गतिमा बलिङ गर्ने खुबी राख्छन् । नेपाल र स्कटल्यान्डबीच ओडीआईमा ६ खेल हुँदा नेपाल ३ खेलमा विजयी भएको छ ।

अमेरिका घरेलु मैदान र कन्डिसनको फाइदा उठाउन चाहन्छ । एन्ड्रिस गौस, मोनांक पटेल, साइतेजा मकुमल्ला, मिलिन्द कुमार र शयान जहाजिंगर छन् । तीव्र गतिका बलरमा शाड्ली भान शाक्ली, जसदीप सिंह र सौरभ नेत्रवालकर छन् ।

नेपालका कप्तान रोहित पौडेल विगतमा के भयो त्यस्ले आगामी सिरिजमा असर गर्न नहुने बताउँछन् ।

‘क्यानडा र त्यसअघिको सिरिजमा के भयो त्यस्ले आउने सिरिजलाई असर गर्नु हुँदैन । क्यानडामा भएको कुरा त्यहिँ छोडेर आउनी र अमेरिका तथा बाँकी सबै खेलमा कसरी बेटर (उत्कृष्ट) गर्न सकिन्छ त्यसमा बढी केन्द्रित छौं’, रोहितले भने ।

सुरुवात सोचे जस्तो नभएपनि रोहित अझै पनि नम्बर वान र शीर्ष चारमा पर्न सक्नेमा आत्माविश्वासी छन् ।

‘सुरुवाती दुई सिरिज सोचे जस्तो भएन । तर एक पटक मोमेन्ट्स पाएपछि के गर्न सक्छौं हामीलाई थाहा छ । त्यो विश्वास सबैमा छ’, उनले भने , त्यसैमा थपे,’ टी-२० को मोमेन्ट्स अघि बढाएर ओडीआईमा जाने हो । विगत भुलेर भविष्यलाई ध्यान दिएमा हामी नम्बर वान वा चौथो नम्बरमा अन्त्य गर्न सक्छौं ।’

नेपालको खेल तालिका :

कार्तिक ११ – अमेरिकाविरुद्ध नेपाल, ग्राण्ड प्रेरी रंगशाला (बेलुका ९ : १५ नेपाली समय अनुसार )

कार्तिक १३ – नेपालविरुद्ध स्कटल्यान्ड, ग्राण्ड प्रेरी रंगशाला ( बेलुका ९ : १५ (नेपाली समय अनुसार)

कार्तिक १७ – अमेरिकाविरुद्ध नेपाल, ग्राण्ड प्रेरी रंगशाला ( बेलुका ९ ः १५ (नेपाली समय अनुसार)

कार्तिक १९ – नेपालविरुद्ध स्कटल्यान्ड, ग्राण्ड प्रेरी रंगशाला ( बेलुका ९ : १५ (नेपाली समय अनुसार)

नेपालको टोली :

आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद, देव खनाल (वैकल्पिक), सागर ढकाल (वैकल्पिक) ।

March 25, 2025

गुजरात रुपान्तरित पञ्जाबसँग खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबिच खेल हुदैछ । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । पञ्जाबले आइपिएल २०२५ को मेगा अक्सन अघि केवल प्रभसिमरन सिंह र शशांक सिंहलाई मात्र रिटेन गरेका थिए । गुजरातले दुई अनक्याप्ड भारतीय क्रिकेटरलाई रिटेन गरेको […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 24, 2025

लखनउका मार्स र पुरनको अर्धशतक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितका‌ लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए अन्य ब्याटरको प्रदर्शन सामान्य रह्यो । विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको […]

Success

Thank you for your time.