1 year ago
October 27, 2024
डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर अनिल साहले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
अनिलले ५१ बलमा अर्धशतक प्रहार गरेका हुन् । अनिल ५४ बलमा ५ चौकासहित ५१ तथा कुशल भुर्तेल १३ बलमा ५ रनमा क्रिजमा छन् ।
ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा १ विकेट गुमाउँदै १०९ रन बनाएको छ ।
अनिलले १८ औं ओभरको पाँचौं बलमा ब्यक्तिगत ४५ रनमा जीवनदान पाएका थिए । जसदीप सिंहको बलमा खेलेको सट हाई गएपछि मिडअनमा शाड्लीले उनको क्याच छाड्न पुगेका थिए ।
आसिफ शेख र अनिल साहले १५.४ ओभरमा ९८ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफ ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा क्याच आउट भए । उनी जसदीप सिंहको बलमा विकेटकिपर मनांक पटेलबाट क्याच आउट भएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]