7 months ago
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकामा जारी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ ।
गत आइतवार अमेरिकासँगको खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा कुशल मल्लले मौका पाएका छन् । बायाँ हाते स्पिनर ललितको स्थानमा विष्फोटक ब्याटर तथा बायाँ हाते स्पिनर कुशलले मौका पाएका हुन् ।
अमेरिकाको टेक्सासमा रहेको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर नेपालले पहिले बलिङ गर्दैछ ।
नेपालको प्लेइङ-११
अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने
May 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो। ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा […]
May 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लिगको शीर्षस्थानमा रहेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।यी दुई टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। गुजरात जितका साथ शीर्ष दुईमा रहने संभावनालाई मजबुत बनाउन चाहन्छ। लखनउलाई गुमाउनु बाँकी केही छैन। लिग चरणबाट बाहिरिसकेको कारण युवा खेलाडीलाई बलिङ […]
May 21, 2025
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ। आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो। यसअघि गुजरात टाइटन्स, […]