1 year ago
October 29, 2024
डालस, (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डका प्रमुख ब्याटर ब्रेन्डन म्याकमुलेनलाई आउट गरेका छन् ।
उनी १२ औं ओभरको पाँचौं बलमा १६ रनमा एलबीडब्लू आउट भएका हुन् । आउट हुनुअघिको बलमा उनले सन्दीपलाई चौका हानेका थिए ।
२५ वर्षीय ब्रेन्डन स्कटल्यान्डका प्रमुख ब्याटर हुन् । गत सेप्टेम्बरमा टी२० आईमा अष्टेलियाविरुद्ध लगातार दुई अर्धशतक हानेका थिए ।
ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १३ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ । रिची बेरिंग्टन र माइकल जोन्स ३-३ रनमा क्रिजमा छन् ।
तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर चार्ली टिअरलाई स्कटल्यान्डले खाता नखोल्दै बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि एन्ड्रयु उमिद र ब्रेन्डनले २६ रनको साझेदारी गरेका थिए ।
सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा ओपनर एन्ड्रयू उमिदलाई १४ रनमा बोल्ड आउट गरे । उनले १९ बलमा ३ चौका हानेका थिए । पछिल्लो खेलमा अमेरिकाविरुद्ध ९८ रनको अविजित इनिङ खेलेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]