1 year ago
October 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सचिन भट्टले ५ विकेट लिए पछि सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश स्मृती यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को जित हात पारेको छ ।
तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा साविक विजेता सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले हरायो ।
१ सय ३ रनको लक्ष्य सुदूरपश्चिमले २६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरको जितमा आषिश लोहारले ३५ बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ३९, युवराज खत्रीले नट आउट २७ तथा नरेन साउदले २७ बलमा नट आउट २० रन जोडे ।
गण्डकीका लागि अपराजित पौडेलले ३ तथा किरण भट्टराई र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए ।
त्यसअघि गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको गण्डकीले ३६.५ ओभरमा अल आउट हुदै १ सय २ रन बनायो ।
गण्डकीका कप्तान अर्जुन कुमालले ५८ बलमा सर्वाधिक ३५ तथा सिब्रिन श्रेष्ठले ५२ बलमा २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
सुदूरपश्चिमका लागि सचिनले ८.५ ओभरमा १३ रन खर्चिएर ५ विकेट लिए । हेमन्त धामी र युवराज खत्रीले समान २ विकेट लिए ।
सुदुरपश्चिमको ४ अंक छ । चौथो खेलमा २ जित र २ हार बेहोरेको गण्डकीको पनि ४ अंक छ । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]