default_image

1 year ago

November 2, 2024

हङकङ सिक्सेस – नेपालसँग अस्ट्रेलिया पनि पराजित

6567 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पनि पराजित गरेको छ ।

पहिलो खेलको जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल अस्ट्रेलियालाई शनिवार ११ रनले पराजित गर्दै समूह विजेता बनेको छ।

१ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा नट आउट ५५ रन बनाए । एलेक्स रोसले १४ रन बनाए ।

चौथो ओभरको पहिलो बलमा प्रतिश जिसीले अस्ट्रेलियाका कप्तान ड्यान क्रिस्टियनलाई आउट गराए । चौथो ओभरको अन्तिम बलमा प्रतिशले रोसलाई आउट गराए ।

पाँचौ ओभरको अन्तिम बलमा लोकेश बमले फावेद अहमदलाई ८ रनमा आउट गराए । अस्ट्रेलियाका साम हेजलिटलाई नेपालका प्रतिसले पहिलो ओभरमा नै आउट गराएका थिए ।

प्रतिशले २ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । लोकेश बम र विवेक यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नट आउट ५१ रन बनाए । सन्दीप ५१ रन बनाउँदै रिटार्यट भएपछि क्रिजमा आएका विवेकले ४ बलमा २ छक्काको सहयोगमा १२ रन बनाए । लोकेशले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडे ।

राशिद खानले २ बलमा २ छक्काको सहयोगमा नट आउट १२ रन जोडे । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।

दुवै टोलीले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेका थिए । नेपालले आजै दिउँसो १ः३५ बजे क्वाटरफाइनल खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.