default_image

1 year ago

November 3, 2024

अमेरिकाविरुद्ध अनिलको अर्धशतक

2234 views

0 Bookmark

डालस(हाम्रो खेलकुद) – ओपनर अनिल कुमार साहले आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

अनिलले ७७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।

२ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १०२ रन बनाएको छ । नेपालले अब जित्नलाई १ सय ८० रन बनाउनु पर्ने हुन्छ ।

२४ ओभर र ८ विकेट बाँकी छ । अनिल ५० र कुशल मल्ल १३ रनमा क्रिजमा छन् ।

ओपनर आसिफ शेखलाई जसदीप सिंहले ६ रनमा बोल्ड आउट गरे । त्यसपछि कुशल भुर्तेल ५१ बलमा २ चौका र १ छक्कासहित २९ रनमा हरमीत सिंहको बलमा बोल्ड आउट भए ।

त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

अमेरिकाका साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रन बनाए । कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्कासहित ६७ रन जोडे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.