1 year ago
November 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपाल र स्कटल्याण्डबीचको खेल हुँदैछ ।
खेल नेपाली समयअनुसार सोमवार बेलुका १०ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ। सिरिजमा नेपाल ,स्कटल्याण्ड र घरेलु टोली अमेरिकाको सहभागिता छ ।
यो सिरिजमा नेपाल र स्कटल्याण्ड दोस्रो पटक खेल्दैछन् । गएको बुधवार बिहान सकिएको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो ।
नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । हरेक सिरिजमा नेपालले ४ ओडिआई खेल खेल्ने छ । यो नेपालको तेस्रो सिरिजको चौथो खेल हो । यसअघि गत आइतवार बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।
खेल वर्षाका कारण प्रभावित हुने सम्भावना
सोमवार डालसको मौसम अमेरिकी समय बिहान १० बजे वर्षा हुनसक्ने ६० प्रतिशत सम्भावना छ । ११ बजे ८० प्रतिशत वर्षाको सम्भावना छ । त्यस्तै दिउँसो १२ बजे ९० प्रतिशतसम्म वर्षा हुनसक्ने देखिन्छ । दिउँसो १ बजे भने शतप्रतिशत वर्षाको सम्भावना छ । त्यसपछि भने विस्तारै घट्दै जानेछ ।

दिउँसो २ बजे ९० प्रतिशत, ३ बजे ८० प्रतिशत र ४ बजे ५० प्रतिशत वर्षाको सम्भावना छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म वर्षाको सम्भावना हुँदा खेल हुने सम्भावना कम देखिन्छ । उक्त समयमा खेल नहुँदा नतिजा आउन मुश्किल पर्छ ।
किनभने नतिजा निकाल्न दुवै टोलीले ओडीआईमा कम्तिमा २० ओभर खेलेको हुनुपर्छ । त्यो सम्भावना पनि कम छ । त्यसैले दुबै टोलीले १-१ बाड्न सक्ने सम्भावना देखिन्छ । आइतवार डालसमा हल्ला वर्षा भएको थियो ।
लिग टु मा नेपाल ११ खेलमा ८ हार, २ मा जित तथा १ खेल रद्द हुँदा ५ अंकका साथ सातौं स्थानमा छ । २०१९-२०२३ लिग टु को विजेता स्कटल्याण्ड यसपटक १० खेलमा १३ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपालको टोली
आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सागर ढकाल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, देव खनाल, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद, रिजन ढकाल, करण केसी(वैकल्पिक), भीम सार्की (वैकल्पिक) ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]