default_image

1 year ago

November 6, 2024

आइपिएल अक्सन – स्टोक्सले नाम दर्ता गराएनन् !

2177 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को मेगा अक्सनमा इङ्ग्ल्यान्डका क्रिकेटर बेन स्टोक्सले आफ्नो नाम दर्ता गराएका छैनन् ।

मेगा अक्सनका लागि १ हजार ५ सय ७४ खेलाडीले आफ्नो नाम दर्ता गराउँदा स्टोक्सले भने आफ्नो नाम दर्ता नगराएका हुन् । सन् २०२५ को आईपिएलको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा मंसिर ९ र १० मा हुदैछ ।

स्टोक्सले आफ्नो नाम दर्ता नगर्दा हालसम्म आइपिएल नखेलेका इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले भने नाम दर्ता गराएका छन् । एन्डरसनले एक दशक अघि पछिल्लो टि ट्वान्टी खेल खेलेका थिए ।

एन्डरसनले आइपिएल अक्सनमा आफ्नो आधार मुल्य १ करोड २५ लाख भारुको राखेका छन् । एन्डरसनले केही महिना अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । त्यसपछि उनले इङ्ग्ल्यान्ड टोलीको बलिङ प्रशिक्षकको भूमिका निभाएका थिए ।

प्रत्येक फ्रेन्चाइजले अधिकतम २५ जनासम्म खेलाडीलाई अनुबन्ध गर्न सक्दछ । अक्सनबाट अधिकतम २ सय ४ खेलाडी मात्र बिक्री हुनेछन् । अक्सन अघि १० टिमले ४६ खेलाडीलाई रिटेन गरेका थिए ।

प्रत्येक टिमले आफ्नो टोली निर्माण गर्न कुल १ सय २० करोड भारु खर्च गर्न पाउने छन् । अक्सन अघि भएको खेलाडी रिटेनपछि कुन टिमसँग कति रकम बाँकी रहेको छ । तल हेर्न सक्नुहुन्छ :

  • -पञ्जाब किङ्स : १ सय १०.५ करोड भारु
  • -रोयल च्यालेन्जर्स बेंगलोर : ८३ करोड भारु
  • -दिल्ली क्यापिटल्स : ७३ करोड भारु
  • -गुजरात टाइटन्स: ६९ करोड भारु
  • -लखनउ सुपर जायन्ट्स : ६९ करोड भारु
  • -चेन्नई सुपर किंग्स : ५५ करोड भारु
  • -कोलकाता नाइट राइडर्स : ५१ करोड भारु
  • -मुम्बई इन्डियन्स : ४५ करोड भारु
  • -सनराइजर्स हैदराबाद : ४५ करोड भारु
  • -राजस्थान रोयल्स : ४१ करोड भारु

आइपिएलले यस पटक टिमलाई ६ जनासम्म खेलाडी रिटेन गर्न मिल्ने नियम रहेको थियो । लिलामीअघि यी ६ खेलाडीलाई रिटेन गर्ने वा अक्सनमा राइट–टु–म्याच (आरटीएम) अप्सन प्रयोग गर्ने विकल्प हरेक टिमहरुसँग रहेको थियो ।

यदि कुनै खेलाडीलाई अर्को फ्रेन्चाइजले मेगा अक्सनमा किनेको छ । र, उनी आईपीएल २०२४ मा सहभागी भएको फ्रेन्चाइजले खेलाडीमाथिको बोलीको अन्त्यमा आरटीएम विकल्प प्रयोग गरेर खेलाडीलाई उच्चतम बोलीमा टिममा फर्काउन सक्नेछ ।

केवल दुई खेलाडीहरूलाई रिटेन गरेपछि, पञ्जावसँग अक्सनमा सबैभन्दा बढी ४ आरटीएम विकल्प रहने छ । तीन खेलाडी रिटेन गरेको बेंगलुरुसँग ३ र चार खेलाडी रिटेन गरेको दिल्ली क्यापिटल्ससँग २ आरटिएम विकल्प रहने छ ।

मुम्बई, चेन्नई, गुजरात, हैदराबाद र लखनउले समान ५ खेलाडीलाई रिटेन गरी एक मात्र आरटीएम विकल्प अक्सनका लागि राखेका छन् । राजस्थान र कोलकत्तासँग अक्सनमा आरटीएम विकल्प रहेको छैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.