1 year ago
November 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश विराटनगरमा भएको नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई हराउँदै लगातार दोस्रो पटक च्याम्पियन भनेको छ ।
बुधवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै च्याम्पियन भएको हो ।
सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अल आउट हुदै १ सय १९ रन मात्र बनायो ।
लुम्बिनीका कप्तान आकाश त्रिपाटीले ४४ बलमा सर्वाधिक २२, शिव कुवँरले ४६ बलमा २०, विजय कोहरले ३० बलमा १९ तथा समिर अलिले ३२ बलमा १८ रन बनाए ।
सुदूरपश्चिमका लागि कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन साउद समान २ तथा अशोक धामीले १ विकेट लिए ।
त्यसअघि विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा अल आउट हुदै १ सय २७ रनको योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि ओपनर अभिषेक थापाले २७ बलमा २९, नरेन भट्टले ५३ बलमा २७, नरेन साउदले ३५ बलमा १५ रन तथा राजेश ऐरले १४ रन बनाए ।
लुम्बिनीका सन्तोष यादवले १० ओभरमा २८ रन खर्चिदै ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा शिव कुँवरले १ विकेट लिए ।
सन् २०२२ मा भएको अघिल्लो संस्करणमा लुम्बिनी र सुदूरपश्चिमले नै फाइनल खेलेकामा सुदूरपश्चिम च्याम्पियन भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिम र लुम्बिनीले समान ५ खेलमा जित हासिल गरेका थिए ।
सुदूरपश्चिम प्रतियोगिताको पहिलो खेलमा पराजित भएको थियो । सुदूरपश्चिमले पछिल्लो ५ खेलमा लगातार जितका साथ फाइनलमा स्थान बनाएको थियो ।
सुदूरपश्चिम प्रदेश लिग चरणको पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । लिग चरणमा लुम्बिनीले सुदूरपश्चिममाथि ४१ रनको जित हात पारेको थियो ।
लिग चरणको सुरुवाती पाँच खेलमा लगातार जित हात पारेको लुम्बिनी मंगलवार भएको लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग पराजित भयो । कार्तिक १० बाट सुरु यस प्रतियोगितामा ७ प्रदेशको सहभागीता रहेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]