1 year ago
November 7, 2024
एजेन्सी – अल्लाह गजान्फरले ६ विकेटको लिएपछि अफगानिस्तानले पहिलो ओडिआईमा बंगलादेशलाई पराजित गरेको छ ।
युएईको सारजहामा बुधवार भएको खेलमा बंगलादेश ९२ रनले पराजित भएको हो । अफगानिस्तानले ३ ओडिआई सिरिजमा १–० को अग्रता बनाएको छ।
२ सय ३६ रनको लक्ष्य पछाएको बंगलादेशले ३४.३ ओभरमा अल आउट हुँदै १ सय ४३ रन मात्रै बनाउन सक्यो।
बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले ६८ बलमा सर्वाधिक ४७ रन बनाए। यस्तै, सौम्य सरकारले ३३, मेहदी हसन मिराजले २८ रन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एक समय १ सय २० रनमा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको बंगलादेशले २३ रन जोड्दा ८ विकेट गुमाएको थियो ।
अफगानिस्तानको गजन्फरले ६.३ ओभरमा एक मेडन ओभरसहित २६ रन खर्चिएर ६ विकेट हात लिए । ओडिआई करियरमा यो उनको उत्कृष्ट बलिङ हो । राशिद खान २ तथा मोहम्मद नाबी र अजमातुल्लाह उमराजाईले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २ सय ३५ रन जोड्न सक्यो ।
अफगानिस्तानका मोहमद नाबीले ७९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ८४ रनको सानदार अर्धशतकीय पारी खेलेका थिए । ७१ रनमा ५ विकेट गुमाएर कमजोर स्थितिमा पुगेको अफगानस्तानका लागि नाबी र कप्तान हशमतुल्लाह शाहीदीले १ सय ४ रनको महत्वपूर्ण शतकीय साझेदारी गरे ।
कप्तान शाहिदी ९२ बलमा ५२ रन बनाउँदा गुलबदिन नाबी २२, सादिकुल्लाह अटलले २१ रन बनाए । नङ्गेलिया खरोटे २७ रनमा अविजित रहे।
बंगलादेशको लागि तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान ४ तथा शरिफुल ईस्लामले १ विकेट हात पारे।
दुई टोलीबीचको दोस्रो ओडिआई खेल शनिवार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]