1 year ago
November 7, 2024
एजेन्सी – ओमानले घरेलु भुमीमा जारी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ ।
बिहीवार भएको खेलमा ओमानले युएईमाथि ४ विकेटको जित हात पारेको हो । युएईले दिएको ७९ रनको लक्ष्य ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
ओमानका लागि अमिर कलिमले ४३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३२ रन जोडे । चौथो विकेटका लागि कलिम र कमिद मिर्जाले ५६ रनको साझेदारी गरे । मिर्जाले ३४ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए ।
युएईका लागि बासिल हमिदले ३, आयान खानले २ तथा धुव्र परासरले १ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २५.३ ओभरमा अल आउट भएर ७८ रनको योगफल तयार गर्न सक्यो ।
युएईका लागि अलि नासिरले सर्वाधिक २१ तथा मोहम्मद वासिम र जुनैद सिद्धिकीले समान १३ रन जोडे । बासिल हमिदले १२, वृत्य अरबिन्दले ११ रन जोड्दा ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।
ओमानका लागि सकिल अहमदले १० ओभरमा २३ रन खर्चिएर ५ विकेट लिए । जय ओडेरले २ तथा समय श्रीवास्तव र मुजाहिर राजाले समान १ विकेट लिए ।
८ राष्ट्रको सहभागीता रहेको लिगमा जितसँगै ओमान ११ खेलमा १२ अंकका साथ छैटौं स्थानमा छ । युएई १० खेलमा ४ अंकका साथ तालिकाको पुछारमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
२०२७ सम्म चल्ने लिगमा शीर्ष ४ देशले ओडिआई विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । बाँकी ४ देशले ग्लोबल छनोटमा स्थान बनाउन प्लेअफ खेल्नु पर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]