default_image

1 year ago

November 8, 2024

इंग्लिस अलराउन्डर ड्यानले काठमाडौं गुर्खाजबाट खेल्ने

1222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले इंग्लिस अलराउन्डर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले चौथो विदेशी खेलाडीको रुपमा ड्यानलाई अनुबन्ध गरेको हो । विष्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित डौथवेटले टोलीमा एउटा असाधारण ऊर्जा र बहुमुखी क्षमता प्रदान गर्ने विश्वास टिमले लिएको छ ।

गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले डौथवेटको आगमनमा आफ्नो हर्ष व्यक्त गर्दै भने, ‘ड्यान एक असाधारण प्रतिभा हुन् जसको अलराउन्डर क्षमताले एनपीएलमा हाम्रो टोलीलाई रणनीतिक फाइदा दिनेछ। उनको आक्रामक खेल शैली र बहुमुखीपन हाम्रो लक्ष्यसँग मेल खान्छ र उहाँले मैदानमा ठूलो प्रभाव पार्नेमा म पूर्ण विश्वास राख्दछु।’

अलराउन्डर ड्यानले पनि आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘टोलीमा सामेल हुन पाउँदा म धेरै गर्व महसुस गरिरहेको छु । म टोली र प्रशंसकहरूको लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न प्रतिवद्ध छु, र नेपालमा हुने यस रोमाञ्चक यात्रा आरम्भ गर्न आतुर छु ।’

काठमाडौंले यसअघि नै डच ओपनर माइकल लेविट, नामिबियन कप्तान गर्हार्ड इरास्मस र इंग्ल्यान्डका स्टीभ एस्किनाजीलाई अनुबन्ध गरिसकेको छ । टोलीको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन्, जसले अन्य खेलाडीहरूसँगै टिमको नेतृत्व गर्नेछन् ।

काठमाडौं गुखार्जको टिम : करण केसी, दिपेश कडेल, सुमित महर्जन, साहव आलम, शंकर राना, भीम सार्की, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, राशिद खान, कृष्ण कार्की, माईकल लेभिट, जेरार्ड एरास्मस, सन एस्किनाजी र ड्यान डौथवेट

विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :

पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे, वेस्ट इन्डिजका एन्डसन फिलिप र इङ्ग्ल्यान्डका म्याट क्रिचली

कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चालडिक वाल्टन

सुदूरपश्चिम रोयल्स – स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा

लुम्बिनी लायन्स – इङ्ग्ल्यान्डका टम मुर्स, अमेरिकाका उन्मुक्त चन्द र अस्ट्रेलियाका बेन कटिङ

काठमाडौं गुर्खाज – नेदरल्यान्ड्सका माइकल लेभिट, इङ्ग्ल्यान्डका सन एस्किनान्जी, नामिबियाका जेहार्ड एरास्मस र इंग्ल्यान्डका ड्यान डौथवेट

विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल र न्युजिल्यान्डका मार्टीन गप्टिल

जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन र अमेरिकाका लाहिरु मिलन्था

चितवन राइनोज – मार्चन्ट डे लांग, इङ्ग्ल्यान्ड ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.