1 year ago
November 9, 2024
एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई सहज रुपले पराजित गरेको छ ।
शनिवार बिहान सकिएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ६१ रनको जित हासिल गरेको छ । जितसँगै ४ वटा टि ट्वान्टी आई सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
२ सय ३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा अल आउट हुँदै १ सय १४ रन मात्र बनाउँन सक्यो ।
दक्षिण अफ्रिकाका हेनरिक केल्सेनले २२ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५, जेरार्ड कोट्जेले ११ बलमा ३ छक्काको सहयोगमा २३, ओपनर रायन रिकल्टनले ११ बलमा २१ तथा डेविड मिलरले २२ बलमा १८ रन जोडे ।
भारतका लागि वरुण चक्रवर्ती र रवि बिश्नोईले समान ३, आभेस खानले २ तथा अर्शदिप सिंहले १ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको डर्बनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनको योगफल तयार गर्यो ।
भारतका लागि ओपनर सन्जुले ५० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय ७ रन बनाए । टि ट्वान्टी आई करियरको दोस्रो शतक सन्जुले ४७ बलमा पूरा गरे ।
टि ट्वान्टी आईमा सन्जुको यो लगातार दोस्रो शतक हो । गत महिना हैदरावादमा बंगलादेशविरुद्ध पनि सन्जुले शतक प्रहार गरेका थिए । यस्तो सफलता प्राप्त गर्ने सन्जु पहिलो भारतीय क्रिकेटर हुन् ।
सन्जुले दोस्रो विकेटका लागि कप्तान सूर्यकुमार यादवसँग ६६ रनको साझेदारी गरे । सूर्यकुमारले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन जोड्दा तिलक बर्माले १८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३३ रन बनाए । रिंकु सिहले १० बलमा ११ रन बनाए ।
भारतले १३.३ ओभरमा १ सय ५० रन जोडेकोमा दक्षिण अफ्रिकाले पछिल्ला ओभरमा राम्रो बलिङ गर्दा विशाल योगफल तयार गर्न सकेन । दक्षिण अफ्रिकाले पछिल्लो ५ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिएको थियो ।
दक्षिण अफ्रिकाका लागि जेरार्ड कोट्जेले ३ तथा मार्को यानसन, केशब महाराज, पिटर, प्याट्रिक क्रुजरले समान १ विकेट लिए ।
दुई देशबीचको दोस्रो टि ट्वान्टी आई आइतवार रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]