default_image

1 year ago

November 9, 2024

युएईलाई हराउँदै छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा नेपाल

2070 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा घरेलु टोलीलाई हराउँदै नेपाल विश्व कप छनोटको सम्भावना बलियो बनाउँने लक्ष्यमा रहेको छ ।

नेपालले तेस्रो खेलमा शनिवार युएईको सामना गर्दैछ । खेल अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र युएई दुवैको यो तेस्रो खेल हो ।

दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि फराकिलो जित हासिल गरेका थिए । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

उता, युएईले पहिलो खेलमा कुवेतलाई १ सय ६ रन दोस्रोमाले थाइल्याण्डलाई ७४ रनले पराजित गरेको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसँग हुनेछ ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोली

सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.