1 year ago
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।
नेपाल युएईसँग १३ रनले पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान पुजा महतोले ४३ बलमा ५ चौकाको सहयोगमा ४८ रन बनाउदै आउट भइन् ।
साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले नट आउट ११ रन जोडिन् । युएईका लागि मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान १ विकेट लिए ।
त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो ।
युएईका लागि रनिथा रजिथाले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोड्दा ओपनर लाभन्या केन्यले ३२ बलमा २० बनाइन् । इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।
युएई एक समय ११ ओभरमा २ विकेट गुमाएर ७८ रन बनाएको थियो । विशाल योगफलतर्फ जादै गरेको युएईविरुद्ध नेपाली टिमले उत्कृष्ट पुनरागमन गर्दै पछिल्लो ९ ओभरमा ५ विकेट लिदै ४४ रन मात्र खर्चिएको थियो ।
नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए ।
३ खेलमा अपराजित युएई ३ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल समान खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले चौथो खेलमा आइतवार थाइल्यान्डसँग खेल्नेछ ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।
छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]