default_image

1 year ago

November 9, 2024

काठमाडौं गुर्खाजको एन्थम सार्वजनिक

1145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले आफ्नो एन्थम सार्वजनिक गरेको छ ।

गुर्खाजले आफ्नो सामाजिक संजालमार्फत एन्थम सार्वजनिक गरेको हो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले लिग नजिकिंदै गर्दा आफ्नो तयारीलाई तीव्रता दिइरहेको छ । लिगका लागि ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको टोलीले यसै साता ट्यालेन्ट हन्ट पनि गर्दैछ ।

काठमाडौं गुर्खाजको एन्थम:

बालुवाटारस्थित एक्सिलेन्स सेन्टर बालुवाटारमा कात्तिक २७ गते ट्यालेन्ट हन्ट हुनेछ । क्रिकेट एक्सिलेन्स सेन्टर भक्तपुरमा कात्तिक २८ गते, हात्तिवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा कात्तिक २९ गते र पेप्सीकोलामा रहेको वान डे क्रिकेट एकेडेमीमा मंसिर १गते ट्यालेन्ट हन्ट हुनेछ ।

काठमाडौं गुखार्जको टिम : करण केसी, दिपेश कडेल, सुमित महर्जन, साहव आलम, शंकर राना, भीम सार्की, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, राशिद खान, कृष्ण कार्की, माईकल लेभिट, जेरार्ड एरास्मस, सन एस्किनाजी र ड्यान डौथवेट

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.