1 year ago
November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका लागि बाटो खुलेको छ।
एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो।
एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै अख्तरले कात्तिक २३ गरे रिट दायर गरेका थिए । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी क्यानसँग लिखित जवाफ माग गरेको छ ।
जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपिएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन ।
क्यानले मंसिर १६ देखि पुस ६ गतेसम्म एनपिएल आयोजना गर्ने घोषणा गरेको थियो। विगतमा नेपाल प्रिमियर लिग नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए ।
एनपिएल नाममा आफ्नो दाबी गर्दै अख्तरले गत महिना क्यानलाई सहमति गर्न ७ दिनको अल्टिमेटम दिएका थिए। अख्तरले आफू अदालतको आदेशको सम्मान गर्ने बताएका छन्।
‘मलाई अन्याय भयो भनेर अदालत गएको हु । निर्णय मेरो पक्ष वा विपक्ष जस्तो आएपनि म त्यसको सम्मान गर्छु। यसमा म दुःखी छैन,’ अख्तरले भने ।
एनपिएलका सहभागी ८ टोलीले खेलाडी अनुबन्ध गर्नेलगायत अन्य तयारी अघि बढाइरहेका छन्।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]