default_image

4 weeks ago

November 10, 2024

दक्षिण अफ्रिकाले भारतलाई हरायो

2072 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारतलाई हराएको छ ।

दक्षिण अफ्रिकाले आइतवार भारतलाई ३ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ४ खेलको टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी गरेको छ ।

१ सय २५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले ४१ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४७ रन जोडे ।

रिजा हेनड्रिक्सले २१ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ तथा जेरार्ड कोट्जेले ९ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट १९ रन बनाए ।

भारतका वरुण चक्रवर्तीले ४ ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । टि ट्वान्टी आई करियरमा वरुणको यो उत्कृष्ट बलिङ हो । अर्शदिप सिंह र रवि बिश्नोइले समान १ विकेट लिए ।

त्यसअघि सेन्ट जर्ज पार्क, ग्केबेरामा टस हारेर ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सकेको थियो ।

भारतका लागि हार्दिक पाण्ड्याले ४५ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ३९ रन बनाए ।

अक्षर पटेलले २१ बलमा ४ चौकाको सहयोगमा २७, तिलक बर्माले २० बलमा २० तथा अर्शदिप सिंहले नट आउट ७ रन जोडे ।

भारतका लागि पहिलो टि ट्वान्टी आईमा शतक बनाएका ओपनर सन्जु स्यामसन पहिलो ओभरमा नै रनको खाता नखोल्दै आउट भए ।

अर्का ओपनर अभिषेक शर्मा ४ रन बनाउँदै दोस्रो ओभरमा आउट भए । कप्तान सूर्यकुमार यादवले ४ रन मात्र जोड्न सके ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसन, जेरार्ड कोट्जे, एण्डिल सिमलाने, कप्तान एडेन मारकम र पिटरले समान १ विकेट लिए । दुई देशबीचको तेस्रो टि ट्वान्टी आई खेल बुधवार रहेको छ ।

December 6, 2024

न्युजिल्यान्डविरुद्ध ह्यारी ब्रुकको अर्को शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]

December 6, 2024

जसले सेलेब्रेसन कै कारण नेपालको खेल गुमाए

भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]

December 6, 2024

गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

Success

Thank you for your time.