1 year ago
November 11, 2024
एजेन्सी – लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ ।
न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै दुई खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा सकिएको छ ।
१ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा १ सय ३ रनमा समेटियो । श्रीलंकाका लागि ओपनर पथुम निशंकाले ५१ बलमा ६ चौकाको सहयोगमा ५२, भानुका राजापक्षेले १५ तथा महेश तिक्सेनाले १४ रन जोडे ।
न्युजिल्याण्डका फगुर्सनले ह्याट्रिक पूरा गरे । फगुर्सनले छैठौं ओभरको अन्तिम बलमा कुशल परेरा, सातौं ओभरको पहिलो बलमा कमिन्डु मेन्डिस र दोस्रो बलमा कप्तान चरिथ असलंकालाई आउट गरे । फर्गुसन न्युजिल्याण्डबाट ह्याट्रिक पूरा गर्ने छैठौं खेलाडी हुन् ।
ग्लेन फिलिप्सले अन्तिम ओभरमा श्रीलंकालाई ८ रन बनाउनबाट रोके । उनले रन रोक्नुका साथै अन्तिम ओभरमा ३ विकेट समेत लिए । माइकल ब्रेसवेलले २ तथा मिचेल स्यान्टनरले १ विकेट लिएका थिए ।
त्यसअघि दाम्बुलामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले १९.३ ओभरमा अल आउट हुदै १ सय ८ रनको सामान्य योगफल तयार गरेको थियो ।
न्युजिल्याण्डका विल योंगले ३२ बलमा सर्वाधिक ३०, जोस काल्र्कसनले २५ बलमा २४ तथा कप्तान मिचेल स्यान्टनले २४ बलमा १९ रन जोडेका थिए ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ४, मथिशा पथिरानाले ३, नुवान तुषाराले २ तथा महेश तिक्सेनाले १ विकेट लिएका थिए । दुई देशबीच बुधवारबाट ३ खेलको ओडिआई सिरिज रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]