default_image

1 year ago

November 12, 2024

सुदूरपश्चिम रोयल्सको‌ जर्सी सार्वजनिक

692 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी सार्वजनिक गरेको छ।

टोलीका‌ मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट ले संयुक्तरुपमा जर्सी सार्वजनिक गरे ।

दीपेन्द्रले आफू र मालिक पनि सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए ।

ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले नेपालको क्रिकेटलाई नयाँ उचाईमा‌ पुरयाउने प्रयासका क्रममा एनपिएल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए । उनले अन्य खेलले एनपिएलको मोडललाई अनुसरण गर्न सुझाव दिए।

क्यानका सचिव पारस खड्काले एनपिएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने क्रममा रहेको बताए ।

टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्ष देखि आफू‌ क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्सले दिएको जिम्मेवारीका लागि धन्यवाद दिए । उनले टोलीलाई सफलता दिलाउन आफ्नोतर्फबाट प्रयास गर्ने बताए।

अनिता चलाउने, चक्र बम, टंक तिमिल्सिनाको स्वर र एनएक्स मसको संगित संयोजन रहेको  सुदूरपश्चिम रोयल्सको एन्थम संग सार्वजनिक गरिएको थियो।
दशरथ सुनारले निर्देशक गरेको भिडियो प्रस्तुत गरिएको थियो।

टोलीका मालिक शाहले एनपिएलले नेपाली क्रिकेटको स्वर्णिम युगको सुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने तर्क राखे। सुदूरपश्चिम खेलकुदका लागि उर्वर भूमी रहेको बताए। सुदूरपश्चिमले भविष्यमा खेलाडी तयार पार्ने प्रतिबद्धता व्यक्त गरे।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.