1 year ago
November 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजको ट्यालेन्ट हन्ट मंगलबारदेखि सुरु भएको छ ।
चार दिन चल्ने कार्यक्रमको पहिलो दिन बालुवाटारस्थित त्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) मा सम्पन्न भयो । पहिलो दिनको छनोटमा ठूलो संख्यामा खेलाडीहरुले आफ्नो प्रतिभा देखाएका थिए । गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले आफ्नो टोली वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई केन्द्रित गरेर ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए । उनका अनुसार यसका लागि अनलाइन आवेदनमा ३ सय ८० खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए, जसमा पहिलो दिन १ सय ५० खेलाडीले ट्यालेन्ट हन्टमा आफ्नो प्रतिभा प्रस्तुत गरे ।
नेपाल क्रिकेट संघका सचिव एवं वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का, गुर्खाजका कार्यकारी प्रमुख अधिकृत सन्देश कटवाल, नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष एवं बालुवाटार क्रिकेट क्लबका अध्यक्ष उपेन्द्रप्रसाद भट्टराईले क्रमश: ब्याटिङ, बलिङ र विकेटकिपिङ गरेर ट्यालेन्ट हन्टको उद्घाटन गरेका थिए । सो अवसर क्यानका सदस्य एवंम प्रवक्ता छुम्बी लामा, वाग्मती प्रदेश एवं काठमाडौं जिल्लाका सदस्य अरुण सत्याल, काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष कोषाध्यक्ष विजितध्वज चन्दको उपस्थिति थियो ।

क्यानका सचिव पारस खड्काले ट्यालेन्ट हन्टबाट १ जना खेलाडीले मात्र काठमान्डु गुर्खाजबाट एनपीएल खेल्न पाउने भए पनि ट्यालेन्ट हन्टमा आएका सबै खेलाडी आजको दिनबाट गुर्खाज परिवारमा आवद्ध भएको जनाएका थिए । ‘म पनि २२–२३ वर्ष अघि तपाईहरु जसरी नै यहि बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर आज यो स्थितिमा आएको छु, आज तपाईहरुलाई पनि यसरी नै अगाडि बढ्ने मौका काठमाडौं गुर्खाजले जुराइदिएको छ,’ पारसले भने, ‘एनपीएललाई लिएर चासो र उत्साह दिन प्रतिदिन बढ्दै गएकाले यो नेपाली खेलकुदकै ठुलो इभेन्ट बन्ने आशा लिएको छु ।’
क्यानका पूर्व उपाध्यक्ष भट्टराईले नेपाली क्रिकेटको विकासमा बालुवाटार त्रिकेटको योगदान निकै ठुलो रहेको र यसलाई निरन्तरता दिने कार्यक्रम जारी रहेको जनाए । बाग्मती प्रदेश एवं काठमाडौं जिल्लाका सदस्य अरुण सत्याल ट्यालेन्ट हन्टबाट एक जनामात्र खेलाडी छनोट भए पनि राम्रा अन्य खेलाडीलाई जिल्ला र प्रदेशको टोलीका लागि पनि राखिने जनाए ।
काठमाडौं गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाहीले ट्यालेन्ट हन्टमा सबै खेलाडीलाई मौका दिने र एक उत्कृष्ट खेलाडी बाहेक अन्य ४–५ खेलाडीलाई टिमसँगै राखेर प्रशिक्षणमा समावेश गरिने बताए । गुर्खाजको दोस्रो दिनको ट्यालेन्ट हन्ट बुधबार सीईसी भक्तपुरमा, तेस्रो दिन बिहीबार ललितपुरको हात्तीवनस्थित ग्रेट हिमालय त्रिकेट एकेडेमीमा प्रारम्भिक छनोटको कार्यक्रम हुनेछ भने शनिबार काठमाडौं काँडाघारीमा स्थित वान डे क्रिकेट एकेडेमीमा अन्तिम छनोट हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]