1 year ago
November 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ नेपाली महिला टोली विश्वकपका साथै यु १९ एसिया कपका लागि पनि छनोट भएको छ ।
युनाइटेड अरब इमिरेट्स(युएई) लाई बुधवार ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । विश्वकपका साथ नेपालले अर्को महिना एसिसीको आयाेजनामा हुन लागेको पहिलो संस्करणको यु १९ महिला एसिया कपका लागि समेत छनोट भएको हो ।
मंसिर ३० देखि पुस ७ गते सम्म मलेसियामा आयोजना हुने यु १९ एसिया कपमा नेपाल सहित ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘बी’ मा भारत र पाकिस्तानसँग छ । समूह ‘ए’ श्रीलंका, बंगलादेश र आयोजक मलेसिया छन् ।
यु १९ महिला एसिया कपमा नेपालको खेल तालिका
मंसिर ३० (डिसेम्बर १५) – पाकिस्तान
पुस १ (डिसेम्बर १६) – भारत

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]