default_image

1 year ago

November 15, 2024

आकाशको अर्धशतकमा नेपाल यू१९को जित

2956 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आकाश त्रिपाठीको अर्धशतकमा नेपाल यू१९ क्रिकेट टोलीले एसिया कप तयारीका लागि कर्नाटक यू१९ विरुद्ध जारी सिरिजको दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा जितका लागि आवश्यक १ सय २२ रनको लक्ष्य नेपालले २५ औं ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । यस जितसँगै ५ खेलको सिरिज १-१ को बराबरी भएको छ । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ५२ रनको योगदान दिए । नटआउट रहेका उनले ७६ बलमा ६ चौका प्रहार गरे ।

आकाश र मयन यादवले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । मयनले १२ औं ओभरमा लङ अनमा क्याच आउट हुनुअघि ३२ रन जोडे । उनले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

त्यसपछि नरेन भट्ट २१ औं ओभरमा आउट भए । उनी १४ रन जोड्दै मलातेशको बलमा स्टम्प आउट भएका थिए । सन्तोष यादव २ बलपछि नै मिड अफमा क्याच आउट भए । उत्तम थापा मगरले नटआउट १२ रन जोडे ।

टस जितेर पहिलो ब्याटिङ रोजेको कर्नाटक यू१९ले ३८.१ ओभरमा अलआउट हुनुअघि १ सय २१ रनमात्र जोड्यो । एक समय ९९-३ को स्थितिमा रहेको कर्नाटकले त्यसपछि सम्हालिन नसक्दा २२ रनको अन्तरमा ७ विकेट गुमायो ।

ओपनर प्रतिकले ३७ र रिशाभले ४० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन । तेस्रो ओभरमा गगन राव२ रन जोड्दै दयानन्द मण्डलको एलबीडब्लु धरापमा परे । आठौं ओभरमा हेमन्तले शिभलाई ८ रनमा विकेटकिपरबाट क्याच गराए ।

त्यसपछि प्रतिक र रिशभले तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे । नरेनले प्रतिकलाई क्याच आउट गराएपछि कर्नाटकको विकेट पतन सुरु भएको थियो । उनी आउट हुँदा स्कोर ७०-३ रहेको थियो ।

२७ औं ओभरमा ९९-३ को स्थितिबाट नरेनले लगातार विकेट लिँदै कर्नाटकलाई १०८-७ को स्थितिमा पुर्याए । त्यसपछि हेमन्तले अन्तिम ३ विकेट लिँदै १ सय २१ रनमा अलआउट गरे ।

नरेनले आफ्नो १० ओभरको स्पेलमा ३ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए । हेमन्तले ५.१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ४ विकेट नै हात पारे । अर्को विकेट सन्तोष यादवको नाममा रह्यो ।

पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी रहेको थियो । सिरिजको तेस्रो खेल आइतबार हुनेछ । ५ खेल हरेक खेलपछि एक दिन विश्राममा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.