default_image

1 year ago

November 17, 2024

दयाहाङ विराटनगरको गुडविल एम्बासडर नियुक्त

817 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो गुडविल एम्बासडरमा नियुक्त गरेको छ ।

विराटनगरले आइतवार एक कार्यक्रममा बीच राईलाई एम्बासडर नियुक्त गरेको हो । राईले मौकाका लागि विराटनगर किङ्सलाई धन्यवाद दिए।

‘यो एनपिएल न्युट्रल बसेर हेरौं भन्ने थियो। तर टोलीसँग जोडिन पाए। क्रिकेट हेर्न र बुझ्न थालेको छु। अझै बुझ्न बाँकी छ। तर क्रिकेटले सबैलाई जोडेको छ ,’ उनले भने, ‘यो हामी सबैलाई थाहा छ। भलिबल, फुटबल खेल्थे । तर क्रिकेट खेल्थिन । शक्ति गौचन, पारस खड्का, सुवास खकुरेललगायतको नाम रेडियोमा‌ सुन्थे । ‘ राईले जुनसुकै खेलले धर्यता सिकाउँने बताए ।

नेपाल क्रिकेट संघ ( क्यान) का सचिव पारस खड्काले खेलकुद र क्रिकेटको‌ संस्कारका‌ लागि सबैको साथको अपेक्षा राखेको बताए ।

विराटनगरमा नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् । आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन विराटनगरको मुख्य प्रशिक्षकमा छन् ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुदैछ ।

विराटनगर किङ्स टोली – सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.