default_image

1 year ago

November 17, 2024

धनगढीमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

1072 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । एनपिएल खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेश भरका युवाहरुको ट्यालेन्ट हन्टमा उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाल क्रिकेट संघ क्यान (क्यान) ले एनपिएलका हरेक फ्रेन्चाइज टोलीले एक जना आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ ।

सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोलीको निगरानीमस ट्यालेन्ट हन्ट भएको थियो ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट २ सय भन्दा बढी युवा खेलाडीहरुले नाम दर्ता गराएको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए। खेलाडीको नाम भने क्यानबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गरिने सुदूरपश्चिम रोयल्सले बताइएको छ।

सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण गर्ने छ । त्यसपछि मंसिर १५ गते सुरु हुने एनपिएलमा भाग लिन टोली काठमाण्डौं जानेछ ।

स्वतन्त्र प्रताप शाह टिम मालिक रहेको सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेश कै दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ ।  ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरिसकेको छ।

त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टोली आबद्ध भएका थिए ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.