1 year ago
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि क्यानडाका पूर्व कप्तान साद विन जाफरलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले पाँचौ विदेशी खेलाडीका रुपमा जाफलालाई अनुबन्ध गराएको बिहीवार सामाजिक संजाल मार्फत जनाएको छ ।
यसअघि लुम्बिनीले इङ्ग्ल्याण्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इण्डिजका रामोन सिम्नोड्सलाई टोलीमा अनुबन्ध गरेको थियो ।
३८ वर्षिया अलराउण्डर जाफरले ५५ विकेट तथा ३ सय ९० रन बनाएका छन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने पहिलो संस्करणको सिद्धार्थ बैंक एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म चल्नेछ । मंसिर १९ गते बुधवार लुम्बिनीले लिगको पहिलो खेलमा विराटनगर किङ्सको सामना गर्नेछ ।
सिद्धार्थ बैंक एपिएलमा लुम्बिनी लायन्सको खेल तालिका
मंसिर १९ गते विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २१ गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २३ गते जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २५ गते चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २६ गते काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २८ गते कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे
लुम्बिनी लायन्स टिम
रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ, उन्मुक्त चन्द र रामोन सिम्नोड्स।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]