1 year ago
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ ।
टियु क्रिकेट मैदानमा पाँचौ तथा निर्णायक खेल ७ विकेटले जित्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य ४० औं ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि आकाशले नटआउट ८९ रन जोडे । उनले १ सय ५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

आकाश र मयनले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । १९ औं ओभरमा क्याच आउट हुनुअघि मयनले ५० रन जोडे । उनले ६६ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
अर्जुन कुमालले पुन: एकपटक राम्रो सुरुवात पाएपनि ठूलो स्कोर बनाउन सकेनन् । उनले २६ बलमा २१ रन बनाए । सन्तोष यादव ४ रन जोड्दै तेजसको बलमा बोल्ड भए । कर्नाटकका लागि प्रणव अश्वथले २ तथा तेजसले १ विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो । कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो । टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे । अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए ।
त्यसअघि ओपनर गगन रावले ३४ रन जोडेका थिए । इनिङको दोस्रो बलमै प्रतिकलाई नेपालका कप्तान हेमन्त धामीले बोल्ड गरेका थिए । त्यसपछि ऋषभ पाँचौ ओभरमा हेमन्तको एलबीडब्लु शिकार बने ।

गगन र शिवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाले । नेपालका लागि नरेन साउदले २ विकेट लिँदै खेलमा फर्काए । त्यसपछि रोहित र इसाले रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । समग्रमा हेमन्तले ३ विकेट लिँदा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २-२ विकेट लिए ।
सिरिज २-२ को अवस्थामा रहेकोले आजको खेल जित्नेले सिरिज पनि जित्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]