1 year ago
November 24, 2024
एजेन्सी – अस्ट्रेलिया विरुद्ध पहिलो टेस्टको दोस्रो इनिङमा भारतले दुई शतकको सहयोगमा विशाल योगफल तयार गरेको छ ।
ओपनर यशस्वी जैसवाल र विराट कोहलीको शतक सहयोगमा भारतले विशाल योगफल तयार गरेको हो । दोस्रो इनिङमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाएसँगै पारी समाप्तीको घोषणा गरेको थियो । कुनै विकेट नगुमाई भारतले १ सय ७२ रन बाट तेस्रो दिन आइतवारको खेल सुरु गरेको थियो ।
भारतका लागि पहिलो इनिङमा रनको खाता नखोलि आउट भएका ओपनर यशस्वीले १ सय ६१ रन बनाए । उनले २ सय ९७ बलमा १५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
कोहली १ सय ४३ बलमा ८ चौका र २ छक्काको साथमा १ सय रनमा नट आउट रहे । अर्का ओपनर केएल राहुलले १ सय ७६ बलमा ५ चौकाको सहयोगमा ७७ रन जोडे । नितिश कुमार रेड्डीले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ३८ रन बनाए ।
अस्ट्रेलियाका लागि नाथन लायनले २ तथा मिचेल स्टार्क, जोस हेजलवुड, कप्तान प्याट कमिन्स र मिचेल मार्शले १ विकेट लिए ।

पहिलो इनिङमा ४६ रनको अग्रता लिएको भारतले अस्ट्रेलियालाई ५ सय ३४ रनको विशाल लक्ष्य दिएको छ । आजै लक्ष्य पछ्याउन सुरु गरेको अस्ट्रेलियाले खराब सुरुवात गरेको छ ।
टोलीका ओपनर नाथन म्याकसुइने खाता नखोल्दै, कप्तान कमिन्स २ तथा मार्नस लाबुस्चेन ३ रनमा आउट भए । क्रिजमा उस्मान ख्वाजा रहेका छन्। भारतका लागि कप्तान जसप्रित बुमराहले २ र मोहम्मद सिराज १ विकेट आफ्नो नाममा गरेका छन् ।
बिहीवार पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवुडले ४ विकेट लिए ।
अस्ट्रेलिया पहिलो इनिङमा १ सय ४ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिएका थिए।
हर्सित राणाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिएका थिए । बोर्डर गावास्कर ट्रफी ५ टेस्टको सिरिजका लागि भारतीय टोली अस्ट्रेलिया भ्रमणमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]