default_image

1 year ago

November 25, 2024

देवको अर्धशतकमा कर्णालीले काठमाडौंलाई हरायो

10078 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर देव खनालको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई अभ्यास खेलमा पराजित गरेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा कर्णालीले काठमाडाैंमाथि ३४ रनको जित दर्ता गरेको हो । कर्णालीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा अल आउट हुदै १ सय २४ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि साहब आलम र राजु रिजालले सर्वाधिक समान २४ रन बनाउँदा ओपनर शंकर रानाले १९ रन जोडे । राशिद खानले १६ तथा प्रतिक श्रेष्ठले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका लागि गुलशन झा, मौषम ढकाल, विपिन शर्मा, दिपेन्द्र रावत र भुवन कार्कीले समान २ विकेट लिए ।

त्यसअघि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । कर्णालीका लागि ओपनर देवले ४४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० तथा अर्का ओपनर रित गौतमले २१ बलमा २६ रन जोडेका थिए । अर्जुन घर्तीले २३ रन जोड्दा दिपक डुम्रे २२ रनमा नट आउट रहे ।

काठमाडौंका लागि राशिद खान, कृष्ण कार्की, दिपेश कडेंल र भीम सार्कीले समान १ विकेट लिए । पहिलो संस्करणको एनपिएल आगामी शनिवारबाट सुरु हुदैछ । काठमाडौं र कर्णालीबीचको खेल भने मंसिर १९ गते बुधबार रहेको छ ।

खेलपछि देवसँगको अन्तर्वार्ता :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.