1 year ago
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टिकट दर तय गरेको छ।
क्यानले एनपिएलका खेल हेर्नका लागि साधारण र भिआइपी गरि दुई किसिमको टिकट दर सोमवार सार्वजनिक गरेको हो ।
एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ ३ सय तथा भिआइपि तर्फ ७ सय रुपैयाँको टिकट दर तोकेको छ। एनपिएलको खेलका लागि साधारण तर्फ ३ सय र भिआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ। लिग खेलमा एउटा टिकटले दुवै खेल हेर्न मिल्नेछ ।
क्यानका अनुसार प्लेअफका दिन साधारण तर्फ ५ सय र भिआइपितर्फ ७ सय रुपैयाँ टिकट दर तोकिएको छ। क्यानले एनपिएलको फाइनलमा साधारण तर्फ ५ सय र भिआइपितर्फ १ हजार रुपैयाँ मुल्य तय गरेको छ।
सिजनल टिकट समेत खरिद गर्न सकिने व्यवस्था रहेको क्यानले जनाएको छ। त्यसका लागि साधारण तर्फ ४ हजार ४ सय ८० र भिआइपी तर्फ ८ हजार २ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।
एनपिएलको टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ । क्यानले सोमवार राति ८ बजेबाट टिकट बिक्री खुला भएको जनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]