1 year ago
November 25, 2024
एजेन्सी – वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् ।
जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली रुपैयाँ) विक्री भए ।
बैभवका लागि राजस्थान र दिल्ली क्यापिटल्सले बिडिङ गरेका थिए । तर, अन्तमा उनी राजस्थानमा अनुबन्ध हुन पुगे ।
वैभवले १२ वर्षको उमेरमा विहारबाट रणजी ट्रफीमा डेब्यु गरेका थिए । उनको चर्चा त्यसयता चुलिएको थियो । उनी सन् २०२३ मा भारतको भारत यू१९ को बी टोलीबाट पनि खेलेका थिए । उनले त्यसबेला ६ खेलमा १ सय ७७ रन जोड्ने क्रममा २ अर्धशतक प्रहार गरेका थिए ।
उनले सेप्टेम्बर २०२४ मा भारत यू१९ बाट अष्ट्रेलिया यू१९ विरुद्ध टेस्ट पनि खेले । उनले त्यस खेलमा ५८ बलमा शतक बनाएर १ सय ४ रनमा रनआउट भएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]