default_image

1 year ago

November 26, 2024

अक्सनमा रकम बचाउने टोलीमा आरसिबी अगाडि

4194 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि भएको मेगा अक्सनमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सबैभन्दा धेरै रकम बचाउँने टोली बनेको छ।

अर्को वर्ष २०२५ मा हुने १८औं संस्करणको आइपिएलका लागि आइतवार र सोमवार साउदी अरबमा भएको मेगा अक्सनमा आरसिबीले खर्च गर्न तोकिएको सिमा भन्दा ७५ लाख भारतीय रुपैयाँ कम खर्चेको छ । अधिकतम २५ खेलाडी अनुबन्ध गर्न पाउँनेमा आरसिबीले २२ खेलाडी मात्र टोली भित्रायो ।

आइपिएल अक्सनमा सबै टोलीले १ सय २० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउने नियम थियो । आरसिबीले अक्सन अघि खेलाडी रिटेनमा ३७ करोड खर्च गरिसकेको थियो । विराट कोहलीलाई २१, रजत पाटीदारलाई ११ तथा यश दयाललाई बेंगलुरुले ५ करोड भारतीय रुपैयाँमा रिटेन गरेको थियो ।

अक्सनमा अस्ट्रेलियन तीव्रगतिका बलर जोस हेजलवुडलाई आरसिबीले सर्वाधिक रकममा अनुबन्ध गरेको थियो । हेजलवुडमाथि टोलीले १२ करोड ५० लाख खर्चिएको थियो । आरसिबीले ८ विदेशी खेलाडीको कोटा भने पूरा गरेको छ । विदेशी खेलाडीमा हेजलवुड, फिल साल्ट, लियम लिभिगंस्टोन, टिम डेबिड, रोमारियो शेफर्ड, नुवान तुषारा, जोकब बेथवेल र लुगिं एन्गेडि रहेका छन् ।

चेन्नई सुपर किंग्स र कोलकाता नाइटराइडर्स अक्सनमा सबै भन्दा बढी खर्च गर्ने टोली रहे। दुवै टोलीले समान १ सय १९ करोड ९५ लाख भारतीय रुपैयाँ खर्च गरेका छन् ।

आइपिएल इतिहासमा नै सर्वाधिक महँगा बनेका ऋषभ पन्त २७ करोडमा लखनउमा अनुबन्ध भएका थिए । ऋषभमाथि २७ करोडको खर्चिएकोे लखनउले कुल १ सय १९ करोड ९० लाख खर्चिएको छ ।

आइपिएल इतिकासकै दोस्रा सर्वाधिक महँगा खेलाडीमा र श्रेयस अय्यर रहे । २६ करोड ७५ लाखमा श्रेयसलाई अनुबन्ध गरेको पञ्जाब किंग्सले कुल १ सय १९ करोड ६५ करोड खर्च गर्यो । गएको सिजनको उपविजेता सनराइजर्स हैदराबादले दुई दिन चलेको मेगा अक्सनमा १ सय १९ करोड ८० करोड लाख खर्चिएको थियो ।

आइपिएलको पहिलो संस्करणको च्याम्पियन राजस्थान रोयल्सले मेगा अक्सनमा १ सय १९ करोड ६५ लाख खर्चिएको छ ।

साउदी अरबमा दुई दिन भएको अक्सनमा आइपिएलमा सहभागी १० टोलीले कुल १ हजार २ सय करोड भारतीय रुपैयाँ खर्च गर्न पाउने थिए । टोलीले अक्सन अघि भएको खेलाडी रिटेनमा ५ सय ४३.२५ करोड खर्च गरिसकेका थिए ।

रिटेन र मेगा अक्सनमा गरेर १० टोलीले जम्मा १ हजार १ सय ९७ करोड ६५ लाख भारतीय रुपैयाँ खर्च गरेका छन् । आइपिएलको १८ औं संस्करण मार्च १४ बाट सुरु हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.