default_image

1 week ago

November 27, 2024

सुदूरपश्चिमको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ ।

नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एअरलाइन्सका कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै एअरलाइन्सका निर्देशक घिमिरेले सुदूरपश्चिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘नेपालमा एनपिएल हुनु एकदम सुखद समाचार हो । सुदूरपश्चिम जस्तो राम्रो टिमसँग जोडिन पाउँदा हामी निकै खुसी छौं । एनपिएलको सफलतासँगै खेलको विकास अझै होस् भन्ने हाम्रो चाहना हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने शुभकामना दिन चाहन्छौं,’ घिमिरेले भने ।

रोयल्सका सिइओ खड्काले नेपालीहरुको साझा ब्राण्ड रोयल्ससँग जोड्न पाउँदा खुसी व्यक्त गरे। उनले संस्थाले नेपाली क्रिकेटमा गरेको लगानीले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो ।

एनपिएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा शनिवार १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।

मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।

December 6, 2024

न्युजिल्यान्डविरुद्ध ह्यारी ब्रुकको अर्को शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]

December 6, 2024

जसले सेलेब्रेसन कै कारण नेपालको खेल गुमाए

भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]

December 6, 2024

गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

Success

Thank you for your time.