1 year ago
November 28, 2024
एजेन्सी – अफगानिस्तानका घातक स्पिनर अल्लाह गजान्फरले आईसिसी यु १९ मेन्स विश्व कपको एसिया छनोट गुमाउने सम्भावना रहेको छ ।
सिनियर टोलीबाट समेत खेलिसकेका गजान्फर इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बइ इन्डियन्समा अनुबन्ध भएका कारण छनोट गुमाउँने सम्भावना रहेको छ ।
सन् २०२६ मा हुने विश्व कपको एसिया छनोट आगामी वर्षको अप्रिलमा नेपालमा आयोजना हुनेछ । आइपिएल पनि सोही समयमा आयोजना हुँदैछ ।
प्रतियोगितामा नेपाल, युएई, अफगानिस्तान, ओमान र हङकङले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले २०२६ मा जिम्बाब्वेमा आयोजना हुने विश्व कपमा स्थान बनाउँने छन् ।
पछिल्लो समयको उम्दा प्रदर्शनले अफगानिस्तान प्रतियोगिताको विजेता बन्दै विश्व कपमा स्थान बनाउँने लक्ष्यमा रहेको छ । तर, घरेलु मैदानमा आयोजना हुँदा नेपाललाई प्रमुख दाबेदार मानिएको छ ।
सिनियर टोलीबाट ८ ओडिआई खेल खेलेका गजान्फरले १२ विकेट लिईसकेका छन् । गत महिना बंगलादेशविरुद्ध एकै खेलमा ६ विकेट लिदै सबैभन्दा कम उमेरमा ६ विकेट लिने खेलाडीमा उनी तेस्रो नम्बरमा रहेका थिए । गजान्फर शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपमा अफगानिस्तानको टोलीमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]