1 year ago
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सका विदेशी खेलाडी मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।
गप्टिल बिहीवार काठमाडौं आई पुगेको टोलीले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी हुन् । विराटनगरको मुख्य प्रशिक्षक आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायन टोलीको सहायक प्रशिक्षकमा लाक्पा लामा र व्यवस्थापकमा विजय कुमार धिताल छन् । टोलीको निर्देशकमा दीपेन्द्र चौधरी रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।
सिद्धार्थ बैंक एनपिएलमा विराटनगरको खेल तालिका
मंसिर १५ गते जनकपुर बोल्ट्सविरुद्ध मध्यान्ह १२ः१५ बजे
मंसिर १८ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर १९ गते लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २७ गते पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २८ गते चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर ३० गते काठमाडौं गोर्खाजविरुद्ध बिहान ९ः१५ बजे
विराटनगर किङ्स टोली – सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]