1 year ago
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आज सुरु भएको यु १९ एसिया कपमा नेपाललाई श्रीलंकाविरुद्ध दोस्रो झड्का लागेको छ ।
२ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो नम्बरमा ब्याटिङमा आएका अर्जुन कुमाललाई गुमाएको हो ।
२१औं ओभरको पहिलो बलमा भिमास दिमिकाबाट आउट हुनुअघि अर्जुनले२५ बलमा १२ रन बनाए । नेपालले पहिलो विकेटका रुपमा ओपनर आकाश त्रिपाठीलाई गुमाएको हो ।
११औं ओभरको अन्तिम बलमा नेपालले आकाशलाई गुमाएको थियो । उनी मधुलन कुगाथाको बलमा ३३ बलमा १९ रन बनाउँदै आउट भएका थिए ।
नेपालले अहिले २२औं ओभरको समाप्तीमा २ विकेट गुमाएर ७८ रन बनाएको छ । क्रिजमा ओपनर मयन यादव र सन्तोष यादव रहेका छन् ।
त्यसअघि युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुँदै २ सय ३३ रन बनाएको थियाे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]