1 year ago
December 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।
कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा मंगलवारको पहिलो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् ।
विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ ।
दोस्रो खेल खेल्दै गरेको विराटनगरले पहिलो खेलमा खेलेका दुई खेलाडीलाई बेन्चमा राखेको छ । पहिलो खेलमा खेले जितेन्द्र मुखिया र अकिब इल्यास बेन्चमा रहँदा दिपक बोहोरा र इस्मत आलमले मौका पाएका छन् ।
ट्यालेन्टबाट छानिएका बसन्त खत्रीलाई सुदूरपश्चिमले खेलेमा मौका दिएको हो । यस लिगमा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीलाई खेलमा मौका दिने सुदूरपश्चिम पहिलो टोली बनेको छ ।
विराटनगर किंग्सको प्लेइङ-११
सन्दीप लामिछाने, लोकेश बम, मार्टिन गप्टिल, क्रिस सोल, निकोलस कीर्तन, प्रतिस जिशी, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर र इस्मत आलाम
सुदूरपश्चिम रोयल्स प्लेईङ-११
दीपेन्द्रसिंह ऐरी, अमित श्रेष्ठ, विनोद भन्डारी, ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, बसन्त खत्री, अभिनाष बोहोरा र नरेश बुढाऐर
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]