default_image

1 year ago

December 3, 2024

विराटनगर टस जितेर पहिले बलिङमा

788 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा मंगलवारको पहिलो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् ।

विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ ।

दोस्रो खेल खेल्दै गरेको विराटनगरले पहिलो खेलमा खेलेका दुई खेलाडीलाई बेन्चमा राखेको छ । पहिलो खेलमा खेले जितेन्द्र मुखिया र अकिब इल्यास बेन्चमा रहँदा दिपक बोहोरा र इस्मत आलमले मौका पाएका छन् ।

ट्यालेन्टबाट छानिएका बसन्त खत्रीलाई सुदूरपश्चिमले खेलेमा मौका दिएको हो । यस लिगमा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीलाई खेलमा मौका दिने सुदूरपश्चिम पहिलो टोली बनेको छ ।

विराटनगर किंग्सको प्लेइङ-११

सन्दीप लामिछाने, लोकेश बम, मार्टिन गप्टिल, क्रिस सोल, निकोलस कीर्तन, प्रतिस जिशी, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर र इस्मत आलाम

सुदूरपश्चिम रोयल्स प्लेईङ-११

दीपेन्द्रसिंह ऐरी, अमित श्रेष्ठ, विनोद भन्डारी, ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, बसन्त खत्री, अभिनाष बोहोरा र नरेश बुढाऐर

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.