default_image

9 years ago

February 17, 2017

अन्तिम बलको रोमाञ्चक खेलमा श्रीलंकासँग अस्ट्रेलियाको हार

184 views

0 Bookmark

मेलबर्न (एजेन्सी)– अष्ट्रेलियाबिरुद्ध को तीन टि ट्वान्टी शृंखलाको पहिलो खेलमा पाहुना टोली श्रीलंकाले जित हासिल गरेको छ । निकै नै रोमाञ्चक खेलमा श्रीलंकाले अन्तिम बलमा पुगेर ५ विकेटको जित निकालेको हो ।
gunaratne

टस जितेको श्रीलंकाले पहिले ब्याटिङ गर्न निम्त्याएपछि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६८ रन बनाएको थियो । कप्तानी पारी खेलेका ओपनर एरोन फिन्चले टोलीका लागि सर्वाधिक ४३ रन बनाए । माइकल क्लिङरले ३८ र ट्रेभिस हेडले ३१ रन जोडेका थिए ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले जितको लागि अन्तिम बल सम्म संघर्ष गर्यो । पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको पाहुना टोलिले गुनारत्नेको म्यान अफ द म्याच पारी को मद्धतले खेल जितेको हो । गुनारत्नेले ३७ बलको सामना गर्दै ५२ रन जोडेका थिए । त्यस्तै मुनावेराले २९ बल सामना गर्दै ४४ रन बनाए ।

अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो । एन्ड्रेउ टाइले पहिलो ४ बलमा ३ रनमात्र दिएका थिए भने, कापुगेडेराले पाचौँ बलमा दुइ रन लिदै खेल बराबरी मा पुर्याएर घटाएपछि अन्तिम बलमा चौका प्रहार गर्दै श्रीलंकालाई १–० को अग्रता दिलाएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.