default_image

1 year ago

December 10, 2024

बोसिस्टोको ६ विकेटमा पोखराको झिनो योगफल

989 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टोले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स सामान्य योगफलमा समेटिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा मंगलवारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रन बनाउँदै अल आउट भयो ।

पोखराका दिनेश खरेलले १९ बलमा २६ रन जोडे । दोस्रो ओभरको तेस्रो बलमा पोखराका ओपनर दिनेशले जीवनदान पाए ।

युवा बलर विपिन शर्माको बलमा युनिश विक्रम सिंह ठकुरीले उनको क्याच मिस गरेका थिए । त्यो समय उनले ६ बलमा ९ रन बनाएका थिए । युनिशकै बलमा दिनेश छैठौं ओभरको तेस्रो बलमा आउट भए ।

अघिल्लो खेलमा लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका पोखराका ओपनर आन्द्रेस गौसले यो खेलमा १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । गौस विपिन शर्माको बलमा विलियम बोसिस्टोबाट क्याच आउट भए ।

चौधौं ओभरको पहिलो बलमा विलियम बोसिस्टोले दिलिप नाथलाई आउट गराए । त्यसपछिको दोस्रो बलमा माइकल लिस्क बोल्ड आउट भए । त्यही ओभरको अन्तिम बलमा नारायण जोशीलाई एलबिडब्लु धरापमा पार्दै पाँचविकेट पूरा गरे ।

एनपिएलको एकै इनिङमा ६ विकेट पूरा गर्ने बोसिस्टो पहिलो खेलाडी हुन् । यसअघि नरेन साउद, सोहेल तन्भिर र हर्ष ठाकरले एकै इनिङमा ५ विकेट पूरा गरेका थिए ।

एनपिएलमा खराब लयबाट गुज्रिरहेका कुशल भुर्तेल १० बलमा १० रन बनाएर आउट भए । कुशलले ४ खेलमा मात्र १६ रन बनाएका छन् । एक समय ७४ रनमा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको पोखराले २९ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ४ ओभरमा २८ रन खर्चिएर ६ विकेट लिए । सोमपाल कामी, युनिश तथा विपिन शर्माले समान १ विकेट लिए । आजै भएको पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै लुम्बिनीले पहिलो जित निकालेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.