default_image

1 year ago

December 18, 2024

एनपिएलमा कार जित्ने दौड : पाँच खेलाडीबीच प्रतिस्पर्धा

8719 views

0 Bookmark

भुपेन्द्र जि.सी.

नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले ६२ लाख रुपैयाँ पर्ने ओमोडा कार पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता अघि नै उक्त घोषणा गरेको थियो ।

प्रतियोगिता लिग सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स शीर्ष, जनकपुर बोल्ट्स दोस्रो, चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगे ।

कुनैपनि प्रतियोगितामा सर्वोत्कृष्ट अवार्ड जित्न सर्वाधिक रन र विकेट मात्रै होइन सँगै टोलीको नतिजा र प्रभाव पनि महत्त्वपूर्ण हुन्छ । लिगमा गरेको प्रदर्शनले बढी महत्व पाएपनि कार जित्न प्लेअफ र फाइनलको प्रदर्शनले पनि छाप पर्दछ । सबै खेलाडीको प्रदर्शन हेर्दा यी पाँच खेलाडी कार जित्ने दावेदारी देखाएका छन् ।

५.ललित राजवंशी ( जनकपुर बोल्ट्स)

जनकपुरलाई १० अंकका साथ दोस्रो स्थानमा रहँदै प्लेअफमा पुर्याउन बायाँ हाते स्पिनर ललित राजवंशीले महत्वपूर्ण योगदान दिएका छन् । नयाँ बलका साथ पावर प्ले र मध्यक्रममा गरी कुल २८ ओभर बलिङ गर्दै १३९ (४.९६ को इकोनमी) मा रन खर्चेर सर्वाधिक विकेट(१३) लिने खेलाडीमा दोस्रो स्थानमा छन् । उनी अघि सुदूरपश्चिमका स्कट कुग्लेइन १५ विकेटका साथ शीर्ष स्थानमा छन् ।

उनले प्लेअफ हुँदै आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीलाई च्याम्पियन बनाउन सके कार जित्न सक्ने सम्भावना देखिन्छ । तर नकआउट अद्भूत प्रदर्शन विना भने कार जित्न सक्ने छैनन् । उनी मात्रै एक खेलमा विकेटविहीन हुँदा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र काठमाण्डु गुर्खाजविरुद्ध ३(३ विकेट लिएका थिए । चितवनविरुद्ध २, लुम्बिनी र कर्णालीविरुद्ध १-१ विकेट लिएका थिए ।

४.रिजन ढकाल (चितवन राइनोज)

बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले आफ्नो उत्कृष्ट प्रदर्शनमा चितवनलाई ८ अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफसम्म पुर्याउन ७ खेलमा २४.५ ओभरमा १८८ रन खर्चेर १३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने सूचिमा ललितसँगै संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।

चितवन प्लेअफ हुँदै च्याम्पियन बन्न उनले थप उत्कृष्ट बलिङ गर्नुपर्ने हुन्छ । तीव्र गतिका बलरमा उनी नेपाली खेलाडीमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् । उनी पछि काठमाण्डुका करण केसीले १२ विकेट लिएका छन् ।

पोखरालाई ७४ रनमा अल आउट गर्न उनले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिदै प्लेअयर अफ द म्याच चुनिएका थिए । उनले लुम्बिनी र पोखराविरुद्ध ३-३, जनकपुर, विराटनगर र सुदूरपश्चिमविरुद्ध २-२ विकेट लिएका थिए । कर्णालीसँग विकेटविहीन र काठमाण्डुविरुद्ध १ विकेट लिएका थिए ।

३. रोहित पौडेल (लुम्बिनी लायन्स)

टोलीको प्रदर्शन कमजोर रहेपनि राष्ट्रिय टोली तथा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको प्रदर्शन भने राम्रो रह्यो । लिगमा सर्वाधिक २ सय ७९ रन बनाउनुको साथै ८ विकेट लिएपछि रोहित कार जित्ने दौडमा छन् । उनले ७ खेलमा २ अर्धशतकका साथ २१२ बल खेल्दै २७९ रन बनाए ।

रोहितले विराटनगरविरुद्ध ४६, पोखराविरुद्ध ९५, जनकपुरविरुद्ध ३५ र चितवनविरुद्ध ८० रन बनाएका थिए । चितवनविरुद्ध ८० रन बनाउनुको साथै ४ विकेट लिदै प्लेअयर अफ द म्याच चुनिए । लुम्बिनी ७ खेलमा मात्रै एकमा जितका साथ पुछारमा रहेर बाहिरियो । यदि टोलीको नतिजा नहेरेको खण्डमा कार जित्ने दाबेदारमा रोहित अन्य खेलाडीको तुलनामा अघि नै आउँछन् ।

२. कुशल मल्ल (चितवन)

अलराउण्डर कुशल मल्लले प्रतिस्पर्धात्मक पहिलो कप्तानीमै राम्रो प्रभाव छाड्न सफल भए । तुलनात्मक रुपमा कमजोर देखिएको चितवनलाई प्लेअफसम्म पुर्याउन उनले अलराउण्ड प्रदर्शन गरेका छन् । कुशलले ७ खेलमा २ सय २ रन बनाउदै सर्वाधिक रन बनाउने खेलाडीमा चौथो स्थानमा छन् ।

साथै स्पिन बलिङ गर्दै सबै खेलमा राम्रो प्रभाव छाड्दै ८ विकेट लिएका छन् । कप्तानीमा प्रभाव, टोलीलाई प्लेअफसम्म पुर्याउन सफल, ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको हुँदा कुशलले कार जित्ने सम्भावना बलियो छ ।

उनले प्लेअफमा पुग्न निर्णायक जस्तै मानिएको जनकपुरविरुद्ध ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ रन बनाउनुको साथै २ विकेट लिदै प्लेअर अफ द म्याच चुनिएका थिए । काठमाण्डुविरुद्ध ११ रन, पोखराविरुद्ध ३८, कर्णालीविरुद्ध २३, सुदूरपश्चिमविरुद्ध १३, लुम्बिनीविरुद्ध २० र विराटनगरविरुद्ध २५ रन जोडेका थिए । उनले पोखरा बाहेक अन्य सबै खेलमा विकेट लिएका छन् । उनले जनकपुर र सुदूरपश्चिमविरुद्ध २-२ तथा विराटनगर, लुम्बिनी, कर्णाली र काठमाण्डुविरुद्ध १-१ विकेट लिएका छन् । उनले बाँकी नक आउट खेलमा थप राम्रो गर्न सके कार आफ्नो पक्षमा पार्न झनै सजिलो हुनेछ ।

१. दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)

सुदूरपश्चिम रोयल्सलाई १२ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुर्याउन कप्तान दीपेन्द्रको भूमिका निकै महत्वपूर्ण छ । कप्तानी, बलिङ र ब्याटिङ तीनै क्षेत्रमा राम्रो गरेको हुँदा दीपेन्द्र कार जित्ने दाबेदारमा लिग चरणसम्मको प्रदर्शनमा अग्रस्थानमा छन् । उनले ७ खेलमा १९८ रन बनाउनुको साथै ५ विकेट लिएका छन् ।

आंकणमा अन्य खेलाडीको तुलनामा विकेट र रन कम भएपनि सुदूरलाई ७ मध्य ६ खेल जिताउन उनको प्रदर्शन निकै महत्वपूर्ण छ । ब्याटिङमा फिनिसर र बलिङमा मध्यक्रममा उनले राम्रो प्रभाव छाड्न सफल भए । उनले लिगमा दुई प्लेअअर अफ द म्याच अवार्ड (विराटनगर र कर्णालीविरुद्ध) जितेका छन् ।

अन्य चार दाबेदार खेलाडीले लिगमा १-१ मात्रै प्लेअयर अफ अवार्ड जिते । कुनैपनि खेलाडीलाई सर्वोत्कृष्ट अवार्ड दिन प्लेअर अफ द म्याच पहिलो प्राथमिकतामा पर्दछ । प्लेअर अफ द म्याचमा धेरै अंक हुने हुँदा दीपेन्द्र अन्य खेलाडीको तुलनामा कार जित्ने दौडमा अग्रस्थानमा छन् । नकआउट खेलमा पनि उनको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

दीपेन्द्रले विराटनगरविरुद्ध २४ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनको इनिङ खेल्दै प्लेअर अफ द म्याच जितेका थिए । काठमाण्डुविरुद्ध ४३ र लुम्बिनीविरुद्ध ३९ रनको अविजित इनिङ खेलेका थिए । चितवनसँग १ र जनकपुरविरुद्ध डक आउट भएका थिए । पोखराविरुद्ध २० रन बनाउदा कर्णालीलाई हराउन ३८ रन बनाउनुको साथै २ विकेट लिएका थिए । बलिङतर्फ ५ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.